शाहरुखको ‘जिरो’ले सिख समुदायको भावनामा अाघात पुर्याएको अाराेप

मुम्बई ।

शाहरुख खान, कैटरिना कैफ र अनुष्का शर्माको बलिउड चलचित्र ‘जिरो’ को ट्रेलर सार्वजनिक भएपछि विवादमा आउन थालेको छ ।

चलचित्रमा सिख कम्युनिटीको भावनामाथि आघात पुर्याउन खोजेको आरोप लागेको छ । दिल्लीका सिख गुरुद्वारा म्यानेजमेन्ट कमेटीका जनरल सेक्रेटरी मनजिंदर सिंह सिरसाले शाहरुख र ट्रेलरमा देखाएको बाँकी कलाकारको विरोधमा आपराधिक मुद्दा दर्ता गराएका छन् ।

यस्तो छ विवादको कारण

चलचित्र पोष्टर र ट्रेलरको एक सिनमा शाहरुखले कृपाण समातेको देखाइएको छ । यस दृश्यमा आपत्ति जनाउँदै मनजिंदरले सामाजिक सञ्जालमा लेखेका छन्– ‘कृपाणलाई साधारण चक्कु जस्तो प्रयोग गरिरहेको देखाएर शाहरुखले हाम्रो धार्मिक भावनामा आघात पुर्याएका छन् यसमा हाम्रो घोर आपत्ति रहेको छ ।’

हामी कारबाही गर्छाैं

मनजिंदरले भने– ‘कृपाणमात्र एक सच्चा सरदारले धारण गर्ने गर्दछ । म शाहरुख र चलचित्र निर्माता गौरी खानसँग तुरुन्तै यो पोष्टर र दृश्य चलचित्रबाट बाहिर गर्नुपर्ने माग गर्दछु । यदि हटाइएन भने हामी चलचित्र टिमविरुद्ध कानूनी कारबाही गर्नेछौं ।

कैयौं संगठनले पठाएको गुनासो

प्रहरीमा निवेदन दर्ता गराउँदै सिरसाले भने- उनको साथ कैयौं सिख संगठन र गुनासो आइरहेका छन् । जसले गर्दा भावनामाथि आघात पुगेको छ । उनले यस्तो पनि भनेका छन् कि शाहरुखले जुन कृपाण दृश्यमा लगाएको छ, त्यो गलत कृपाण हो । यसकारणले दुनियाँभर सिखहरुमा रोष रहेको छ।

सम्बन्धित् समाचार  सलमानको दबंग–३ बन्ने, अप्रिलमा सुटिङ र डिसेम्बरमा रिलिज

सिरसाको मान्यताअनुसार गत्र कृपाणमात्र अमृतधारी सिखले मात्र लगाउन सक्छ । निवेदनमा सिरसाले माग गरेको छ कि बिना कुनै देरीका ट्रेलरमा गलत कृपाण देखाउन तत्काल बन्द गर्नुपर्ने छ ।

बौने बउआ सिंहकी कहानी

जिरो बौने बउआ सिंह (शाहरुख खान) को कहानी हो, जो मेरठमा बस्ने व्यक्ति हुन् । चलचित्रमा शाहरुख खान, कैटरिना खान र अनुष्काका बीच लभ ट्रयांगल देख्न पाइने छ  ।

चलचित्रको ट्रेलर २ नोभेम्बर सार्वजनिक भएको थियो । २१ डिसेम्बरको चलचित्र प्रदर्शनमा आउने छ । भाष्करदैनिकबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: