चितवन राइनोजद्वारा १६१ रनको लक्ष्य प्रस्तुत

पोखरा, कार्तिक २० ।

पोखरा प्रिमियम लिगको फाइनल खेलमा चितवन राइनोजले पोखरा पल्टनसमक्ष५ विकेटको क्षतिमा १६१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शुरुआत खराब रहेको चितवन राइनोजले ९ रन नपुग्दै पहिलो विकेट गुमाएको थियो ।

त्यसपछि पारस खडकाले टीमलाई एउटा उचाईतर्फ लगेका थिए ।

९ रनमा विकेट गुमाए पछि मैदान आएका पारसले ३६ बल खेल्दै ६ चौका प्रहार गरेका थिए । अर्धतक पूरा गरे पछि १ रन जोडेर नन स्ट्राइक इनमा रहेका पारस त्यसपछि रन आउट भएका थिए ।

रासिद खानको बलिङमा अनिल साहले प्रहार गर्दा उनको हातलाई छोएर स्टम्पमा लागेको थियो । त्यसपछि उनी ५१ रनमा आउट हुँदै पेभेलियन फर्किएका थिए ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  मण्डला ब्याडमिन्टन प्रतियोगिता सुरू
%d bloggers like this: