प्रचण्ड पोखरामा पीपीएल फाइनलकाे मजा लिदैं [LIVE]

काठमाडौं, कार्तिक २० ।  पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष प्रचण्ड नमस्ते पोखरा प्रिमियर लिगको फाइनल खेल हेर्न पोखरा रङ्गशाला  पुगेका छन् । पोखरा पल्टन र चितवन राइनोजबीच भैरहेको उक्त फाइनल खेल हेर्न दोस्रो इनिंग चलिरहँदा प्रचण्ड रङ्गशाला पुगेका हुन् । प्रचण्ड प्रतियोगिता समापनको प्रमुख अतिथिसमेत रहेका छन् ।

यसैबीच चितवन राइनोजले पोखरा पल्टनसामु जीतका लागि १६१ रनको चुनौती दिएको छ । सो लक्षलाई पछ्याउने क्रममा पोखरा पल्टनले ५ ओभरको समाप्तिमा एक विकेट गुमाउँदै ४० रन बनाइसकेको छ । प्रचण्डसँगै पत्नी सीता दाहाल पनि क्रिकेट हेर्न रंगशालामा पुगेकी छन् । साथै, भरतपुर महानगपालिका प्रमुख रेणु दाहाल पनि खेल हेर्न पोखरा रंगशाला पुगेकी छन् ।

चितवन पारस खड्का र पोखरा शरद भेषावकरको कप्तानीमा छ। प्रतियोगिताको विजेताले २७ लाख र उपविजेताले १० लाख रुपैयाँ पाउने छ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  को को परे पोखरा प्रिमियर लिगमा सहभागी टीम र तिनका मार्की खेलाडी ?
%d bloggers like this: