पीपीएलको उपाधि पोखराले जित्यो, पारसको चितवन ३ विकेटले पराजित

काठमाडौं, कार्तिक २० । पोखरा प्रिमियर लिगको उपाधि घरेलु टाली पोखरा पल्टनले जितेको छ । उसले पारस खड्का कप्तान रहेको चितवन राइनोजलाई हराउँदै पहिलो संस्करणको पीपीएलको उपाधि जितेको हो ।

 

पोखराले चितवनलाई ३ विकेटले पराजित गर्दै २७ लाख पुरस्कार जित्न सफल भएको छ । चितवन भने उपविजेता भन्दै १० लाख रुपैयाँ चित्त बुझाउनु परेको छ । शरद भेषवाकर नेतृत्व रहेको पोखराले टस जितेर बलिङ रोजेको थियो ।

 

ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतीमा १६० रन बनाएको थियो । उसका लागि कप्तान खड्काले सर्वाधिक ५१ रन बनाए । यस्तै, शनि पटेलले ४१, अनिलकुमार शाहले ३७, हरिशंकर शाह ८, करण केसी शून्य रनमा आउट भए । आरिफ शेख १४ रनमा अविजीत रहे ।

 

१६१ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको पोखराले ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । पोखराका लागि भारतीय खेलाडी रविन्दर सिंहले सर्वाधिक ९० रन बनाए । कप्तान शरद भेषवाकर २२, मोहम्मद नाविद २५, आसिफ शेख १२, कुशल भुर्तेल ४, कृष्ण कार्की र रोहितकुमार पौडेल शून्य रनमा आउट भए । विनोद भण्डारी (५) र राशिद खान (०) रनमा नट आउट रहे ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: