दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति मुख्यमन्त्री शाहीद्वारा शोक व्यक्त

सुर्खेत, कार्तिक २० ।

सोमबार डोल्पा दुर्घटनामा ज्यान गुमाएका नागरिकप्रति कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शोक व्यक्त गरेका छन् ।

मंगलबार शोक वक्तव्य जारी गर्दै मुख्यमन्त्री शाहीले तिहार पर्वको मुखमा भएको उक्त घटनाले आफूलाई निकै मर्माहत तुल्याएको बताए । उनले मृतकप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनले जीप दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

सोमबार डोल्पा सदरमुकाम दुनैदेखि त्रिपुराकोटतर्फ जाँदै गरेको भे१च १६१० नं को जीप ठूलीभेरी नदीमा खस्दा १० जनाको ज्यान गएको थियो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  हेलिकप्टर चार्टर गरेर शपथ लिन
%d bloggers like this: