राष्ट्रिय एकता बलियो बनाउन खेलकुदको महत्वपूर्ण भूमिकाः प्रचण्ड [भिडियो]

काठमाडौं, कार्तिक २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले खेलकुदले राष्ट्रिय एकता बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

पोखरा रंगशालामा सम्पन्न पोखरा प्रिमियर लिग (सीपीएल) को समापन गर्दै प्रचण्डले भने,‘राष्ट्रिय एकता बनाउने कुरामा अहिलेको नयाँ युगमा खेल सशक्त माध्यम बनेको छ । कतिपय देशहरु सायद अहिलेको विश्व मानचित्रमा त्यता देश हुने थिएनन्, यदि क्रिकेट हुँदैनथ्यो भने ति देश एकतावद्ध रहन्थे कि रहन्थेन ? भन्ने प्रश्न पनि उठ्ने गरेको छ ।’


नेपालमा पनि क्रिकेटको माध्यमबाट राम्रो संस्कार तथा अनुशासन विकास हुन थालेको पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले बताए । उनले भने, ‘हाम्रो देशमा पनि क्रिकेटको माध्यमबाट राष्ट्रिय एकता अनुशासन, संस्कार र पहिचान स्थापित गर्ने जुन काम अगाडि बढेको छ, यो हामी सबैको निम्ति खुसी र गर्वको कुरा छ ।’


यस्तै, अध्यक्ष प्रचण्डले पोखरा रंगशालालाई अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने दिशामा पार्टी, सरकार र सबैको ध्यान जान आवश्यक रहेको बताए । उनले आफ्नो तर्फबाट रंगशाला निर्माण गर्न पूरा सहयोग गर्ने प्रतिवद्धतासमेत बजाए ।

सम्बन्धित् समाचार  सन्दीपले झारे दोस्रो आइपिएल विकेट, महेन्द्रसिंह धोनीको टीमका यी स्टार खेलाडी फर्किए प्याभेलियन

पूर्व प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय टिमका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लको खुलेर प्रशंसा गरे । उनले भने, ‘देशमा क्रिकेटको सकारात्मक सन्देश प्रवाह गभइरहेको छ त्यसमा कप्तान र उपकप्तानको अह्म भूमिका छ म उहाँहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

कमेन्ट गर्नुहोस्

%d bloggers like this: