एक लाख घुसलिने अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौ‌, कार्तिक २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ परेका टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

पूर्वाधार विकास योजनाअन्तर्गत नव सिर्जना टोल सुधार उपभोक्ता समाजलाई बाटो ढलानका लागि छुट्याएको रकमको अन्तिम बिल भुक्तानी गरी दिने प्रयोजनका लागि सुवेदीले सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ । आरोपी सुवेदीलाई विगोबमोजिमको जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । -रासस

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  चिन्ता नलिनुहोस्, अपराधी पानीमुनि गएपनि उम्किदैंनः मन्त्री बाँस्कोटा
%d bloggers like this: