सडक दुर्घटनामा परि साउदीमा दुई नेपालीको निधन

कार्तिक,२१साउदि। रोजगारीका लागि साउदिअरब पुगेका दुई नेपालीको सडक दुर्घटनामा परि मंग्लवार निधन भएको छ ।

पाकिस्तानि नागरिकले चलाएको गाडि अनियंत्रित भै सडक छेउमा रहेको बिजुलीको पोलमा ठोकिदा उक्त दुर्घटना भएको हो ।बिहान काममा जान निस्किएका दाङका तेज खनाल र धनुषाका तेज नारायण पासवानको घटना स्थलमै निधन भएको छ भने चालकको अवस्था समेत चिन्ता जनक रहेको छ।

मृतक खनाल र पासवानको सव साउदि स्थित किङ्ग फाद अस्पतालमा राखिएको छ।सव लाई आवश्यक प्रक्रिया पूरा गरि  नेपाल पठाउने दूतावास स्रोतले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  एनआरएन कतारको समन्वयमा कतारमा तीज मनाइदै
%d bloggers like this: