फेसबुकमा प्रेम बस्यो, २० वर्षे ठिटोसँग भागिन् ५० वर्षीया महिला !

एजेन्सी । भारतमा ५० वर्षीया महिला २० वर्षे युवकसँग फरार भएको खबर बाहिर आएको छ । घटना त्यहाँको को मोदीनगरको हो । भारतीय सञ्चार माध्यमका अनुसार यी दुईको दोस्ती फेसबुकमार्फत भएको थियो । महिलाको एक छोराको विवाहसमेत भइसकेको बताइएको छ । महिलाका श्रीमानले यसबारे पुलिसलाई जानकारी दिएपछि घटना सार्वजनिक भएको हो । पुलिसले युवकको मोबाइल निगरानीमा राखेको छ ।

 

नवभारत टाइम्सका अनुसार महिलाका जेठो छोराले उनलाई ६ महिनाअघि मोबाइल दिएका थिए । त्यसपछि महिलाले ह्वाट्सएप र फेसबुक आइडी बनाएर चलाउन थालिन् । स्रोतलाई उद्धृत गर्दै नवभारत टाइम्सले लेखेको छ, ‘तीन महिनाअघि महिलाको फेसबुकमा युवकसँग दोस्ती भएको थियो । एक महिनादेखि दुबैजना फोनमा कुराकानी गरिरहेका थिए ।’

 

महिलाको फोन हेरेपछि यी दुईको प्रेमप्रसंगबारे खुलासा भएको बताइएको छ । युवक बीबीएका छात्र भएको बताइन्छ । पुलिस गजेन्द्रपाल सिंहले यी दुईको खोजी कार्य जारी भएको भारतीय सञ्चार माध्यमलाई जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  प्रेम र सेक्सबारे विद्यार्थी नेता नवीना लामा भन्छिन्– जस्तो सम्बन्ध भएपनि लोग्नेमान्छेले अन्ततः सेक्स नै चाहन्छ
%d bloggers like this: