भाटभटेनीमा अखाद्य दुग्ध पदार्थ, बिक्री वितरणमा मन्त्रालयद्वारा रोक

काठमाडौं, कार्तिक २१ । सरकारले भाटभटेनी सुपरमार्केटबाट भइरहेको दुधजन्य खाद्य पदार्थ गुणस्तरहिन भन्दै बिक्री वितरणमा रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले आज दिउँसो काठमाण्डौंको महाराजगन्जस्थित भाटभटेनी सुपर मार्केटमा अनुगमन गरेपछि दुधजन्य खाद्य पदार्थ बिक्रीवितरणमा रोक लगाएको हो ।

भाटभटेनी सुपर मार्केटबाट बिक्री हुने दुधजन्य खाद्य पदार्थ गुणस्तरहीन भएको पाइएपछि बिक्रीमा रोक लगाइएको विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिए ।

 

भाटभटेनी सुपरमार्केटको खाद्य स्टोरमा रहेका खाद्य पदार्थको परिक्षण गर्दा गुणस्तरहिन भेटिएको महानिर्देशक कर्णको भनाई छ । सरकारले खाद्य स्वच्छता अभियानअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा काठमाडौंलगायत देशका मुख्यमुख्य सहरमा बजार अनुगमनको कामलाई निरन्तरता दिँदै आएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  यी एमाले, कांग्रेस र माओवादीका राष्ट्रिय सभा सदस्यका उम्मेदवार, नामसहित
%d bloggers like this: