देवकोटाको जन्मघरलाई संग्रहालय बनाउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं, कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौं डिल्लीबजार, धोबीधारास्थित जन्मघर किनेर संग्रहालय बनाउने घोषणा गरेका छन् ।

 

प्रधानमन्त्री ओलीको अग्रसरतामा महाकवि देवकोटाको ११०औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला, साहित्य प्रतिष्ठानले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उनले देवकोटा विलक्षण प्रतिभा र बौद्धिक व्यक्तित्व भएकाले उनको कृतित्व र व्यक्तित्वबारे भावी पुस्तालाई जानकारी दिनका लागि सङ्ग्रहालयको आवश्यकता रहेको बताए।

 

प्रधानमन्त्री ओलीले देवकोटाका परिवारसँग कुरा गरेर उपयुक्त मूल्यमा भग्नावशेषको अवस्थामा रहेको सो घर खरिद गरी ‘रोक्टोफिटिङ’ गरेर देवकोटा कसरी पलेटी कसेर लेख्थे भन्नेसम्मका स्मृति झल्काउन सरकारले सङ्ग्रहालय बनाउने उद्घोष गर्दा सहभागी स्रष्टाहरुले तालीले स्वागत गरेका थिए ।

 

महाकविको उक्त जन्मघर हाल जीर्ण अवस्थामा छ भने नजिकैको नयाँ घरमा उनका छोरा डा. पदमप्रसाद देवकोटा बस्दै आएका छन् । विसं १९६६ कात्तिक २७ गते लक्ष्मीपूजाका दिन जन्मिएका र विसं २०१६ भदौ २९ गते निधन भएका महाकावि देवकोटाका ‘मुनामदन’, ‘सुलोचना’, ‘शाकुन्तल’ ‘पहाडी पुकार’ लगायत दर्जनौं लोकप्रिय कृति प्रकाशित छन् । उनी पूर्व शिक्षामन्त्रीसमेत हुन् ।

सम्बन्धित् समाचार  चीन भ्रमणबारे प्रधामन्त्री ओलीसँग विशेष अन्तर्वार्ता

स्रष्टालाई चुरोट त्याग्न आग्रह

देवकोटाको चुरोट खाने व्यक्तिगत आदत खराब भएको र त्यही कारणले उहाँ ५० वर्षकै उमेरमा बितेका भन्दै प्रधानमन्त्री ओलीले सग्रहालयमा उनका चुरोटका ठुटाबाहेक अन्य प्रेरणात्मक पक्षहरु समावेश गरिने बताए । साथै, उनले चुरोट खाएर स्वास्थ्य बिगारिरहेका कोही स्रष्टा भएमा आजैदेखि देवकाटोलाई साक्षी राखेर चुरोटको अम्मल त्याग्न आग्रह पनि गरे । -रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: