सिस्नुपानी देउसी हेर्नुस्, पेट मिचिमिचि हाँस्नुहोस् ! [भिडियोसहित]

काठमाडौं, कार्तिक २२ । दिपावलीको अवसरमा विगतका वर्षझैं यसपटक पनि ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रमको भव्य आयोजना गरिएको छ । र, कार्यक्रम सकिएको पनि छ । तर, कार्यक्रमले देखाएको प्रस्तुतिबारे चर्चा सकिएको छैन ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा प्रज्ञा भवनमा आयोजित देउसीको अवसरमा सामाजिक विकृति, राजनीति र भ्रष्टाचारविरूद्ध व्यङ्ग्यात्मक ‘प्रज्ञा–सिस्नुपानी देउसी’ प्रस्तुत गरेको थियो ।

कार्यक्रममा देउसीसँगै साङ्गीतिक प्रस्तुतिसमेत देखाइएको थियो । उक्त कार्यक्रममा चर्चित कलाकार मनोज गजुरेल, सीताराम कट्टेल (धुर्मस), कुञ्जना घिमिरे (सुन्तली), दमन रुपाखेती, व्यङ्ग्यात्मक कविका रुपमा परिचित शैलेन्द्र सिङ्खडा, राजा राजेन्द्रलगायतले प्रस्तुति देखाएका थिए ।

कार्यक्रममा नेपालका शिर्ष नेताहरु उपस्थित थिए । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल, कांग्रेसका नेता रामचन्द्र पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेल। गृहमन्त्री रामबहादुर थापा ‘बादल’लगायत मन्त्री तथा नेताहरुको उपस्थित थियो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  ज्योतिषी हरिहर अधिकारी फिल्म खेल्दै !
%d bloggers like this: