क्रिकेट खेलिरहेकी बालिका बलात्कृत !

काठमाडौं, कार्तिक २२। काठमाडौंको मूलपानीमा बुधबार दिउँसो बालिका बलात्कृत भएकी छन् । मूलपानीको क्रिकेट मैदानमा खेलिरहेकी बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो १२ बजे क्रिकेट मैदानको कम्पाउण्ड बनाउने मजदुरहरुले १२ वर्षीया बालिकालाई बलात्कार गरेका हुन् ।

 

कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ६ मा पर्ने क्रिकेट मैदानभित्र घुम्न आएका बेला बालिका बलात्कारमा परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी होविन्द्र वोगटीले जानकारी दिनुभयो ।

 

घटनामा संलग्नको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाका नरेश चौधरी, बिक्कु थारु, डिल्लीराम थारु र धादिङका रविन इटनी रहेका छन् । नेपाल समाचारपत्रमा खबर छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  डडेल्धुरामा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार
%d bloggers like this: