गृहमन्त्रीको अर्को दाबी– निर्मला पन्तका हत्यारा छिट्टै कानुनी कठघरामा आउँछन्

काठमाडौं, कार्तिक २२ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बलात्कार पछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगरपालिकाकी १३ वर्षीया निर्मला पन्तका हत्यारा छिट्टै कानूनको कठघरामा आउने दाबी गरेका छन् ।

रिपोर्टस क्लवले आयोजना गरेको देउसीभैलो कार्यक्रमपछि गृहमन्त्री थापाले यस्तो दाबी गरेका हुन् । सरकारले अपराधिलाई कानुनी कठघरामा परिरहेको भन्दै निर्मला पन्तका हत्यारा पनि छिट्टै कठघरामा आउने गृहमन्त्री थापाले बताए ।

साथै, गृहमन्त्री थापाले सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गरिरहेको बताउँदै आगामी दिनमा अझै कठोरताका साथ प्रस्तुत हुने चेतावनी दिए । ‘भ्रष्टहरुलाई कारबाही गर्ने र जेल हाल्ने प्रक्रिया चलिरहेकै छ । देशबाट भ्रष्टाचार, तस्करी र बेथितिहरु ती अपराधहरुलाई निर्मुल गर्ने, नियन्त्रण गर्ने अभियान चलिरहेको छ,’ उनले भने, ‘भ्रष्टाचारीहरुलाई जेल हाल्ने प्रक्रियापनि चलिरहेको छ । निश्चयपनि यो अलिक मन्द छ । अब आउने दिनहरुमा त्यो प्रक्रियाहरुलाई अझै तीव्र पार्नेछौं । अझै व्यापक बनाउनेछौं ।’

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  पूर्वमन्त्री साउद वाम गठबन्धनका धामी भन्दा १५३६ मतले पछाडि
%d bloggers like this: