२०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउँछौंः मन्त्री अधिकारी

काठमाडौं, कार्तिक २२ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटन भित्र्याउने दाबी दोहोर्याएका छन् । बुधबार राति रिपोर्टर्स क्लब नेपालको देउसी भैलो कार्यक्रममा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले आफ्नो दाबी दोहोर्याएका हुन् ।

पर्यटन क्षेत्रको विकास र विस्तारमा आफू कटिबद्ध भएर लागिपरेको मन्त्री अधिकारीले बताए । उनले भने,‘नेपालमा अब विकास र समृद्धिको लहर आउँछ । हामी आर्थिक क्रान्ति गर्छौं । प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मुलुक अब विकास र समृद्धिको युगतर्फ अघि बढिसक्यो ।’

मुलुकमा भ्रष्टाचार अन्त्य गर्ने र सुशासन कायम गर्दै अघि बढ्ने सरकारको लक्ष्य रहेकोले अब देखिनेगरि विकासका लहर आउने उनको दाबी छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  आर्थिक समृद्धि सरकारको प्राथमिकतामा छः मन्त्री अधिकारी
%d bloggers like this: