मुसाले नै विरालोलाई लखेट्यो ! [भिडियोसहित]

एजेन्सी । मुसालाई बिरालाले लखेट्नु त सामान्य घटना नै हो । लखेटीलखेटी बिरालोले मुसालाई आफ्नो सिकार बनाउँछ । तर के मुसाले बिरालो लखेटेको देख्नुभएको छ ?

हो यस्तै एउटा भिडियो सार्वजनिक भएको छ । युरोपेली देश लक्जमबर्गमा मोबाइलबाट खिचिएको एउटा भिडियोमा सडकमा मुसा देखेपछि बिरालो नजिकै जान्छ ।

मुसाले आफ्नो नजिकै आएको बिरालोलाई लखेट्न थाल्छ । बिरालो बिस्तारै बिस्तारै भाग्न थाल्छ । आफ्नो सिकार गर्न आएको बिरालोलाई मुसाले लखेट्यो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  OMG ! नन्द भाउजुबीच विवाह
%d bloggers like this: