निरास पाऱ्यो ठग्स अफ हिन्दोस्तानले

धेरैले के ठान्दछन् भने मिस्टर पर्फेक्सनिस्टका नामले चिनिने आमिर खानलाई फिल्म कसरी हिट बनाउन सकिन्छ भन्ने कुरा राम्ररी थाहा छ । त्यसैले त ११ वर्ष अघि रिलिज भएको ‘मंगल पाण्डे: द राइजिङ’ यता उनको कुनै पनि फिल्म बक्स अफिसमा असफल भएको छैन । त्यतिमात्र हैन कमाइको मामिलामा सय करोड क्लब, दुई सय करोड, तीन सय करोड क्लब र साढे तीन सय करोड क्लबका नयाँ प्रतिमान सबैभन्दा पहिला उनको फिल्महरूले तयार पारेका हुन् ।

वर्षमा मुस्किलले एउटा मात्र फिल्ममा खेल्ने आमिरका चलचित्रहरूको उनका फ्यानहरूलाई व्यग्रतापूर्वक प्रतीक्षा हुने गर्दछ । धेरैले भन्छन् उनका चलचित्रमा मनोरञ्जनका साथसाथै संदेश पनि रहेको हुन्छ । त्यही कारणले उको नयाँ फिल्म ‘ठग्स अफ हिन्दोस्तान’को पनि उनका फ्यानहरूलाई व्यग्र प्रतीक्षा रहेको थियो । तर बिहिबार रिलिज भएको यस फिल्मप्रति दर्शकहरूको प्रतिक्रिया भने सकारात्मक छैन ।

सधैं दर्शकहरूको प्रसंशा पाउने आमिरलाई यसपाली भने आफूले यस फिल्म्मानिर्वाह गरेको चरित्र ‘फिरंगी’मा ‘पाइरेट्स अफ क्यारेबियन’का ज्याक स्प्यारोको नक्कल उतारेको आरोप लाग्न थालेको छ ।

सम्बन्धित् समाचार  अागामी डिसेम्बर २२ मा ‘टाइगर जिन्दा है’ रिलिज हुने तयारीमा

यसअघि नै भारतका नाम चलेका फिल्म समीक्षकहरूले औसत रेटिङ दिएको ‘ठग्स…’लाई दर्शकहरूको प्रतिक्रिया हेर्दा आफ्नो ३०० करोडको भारी भरकम लागत उठाउनै धौ धौ होला जस्तो छ ।

रिलिज हुनुअघि यसलाई २०१८ कै सर्वाधिक कमाइ गर्ने चलचित्र बन्ने आकलन गरिएको थियो । धेरैले त यसले बाहुबली र दबंगको समेत रेकर्ड तोड्ने आकलन गरेका थिए ।

तिहार र सप्ताहान्तको विदामा व्यापक प्रि-बुकिङ भइसकेकाले फिल्मले राम्रो प्रदर्शन गर्ने आकलन गरिए पनि सोमवार यस चलचित्रको वास्तविक परीक्षा हुनेछ ।

अहिले टोटल स्क्रिन काउन्ट, टिकटको मूल्य र प्रि-बुकिङले गर्दा यस चलचित्रले चार दिनको विस्तारित सप्ताहान्तमा लगभग दुई सय करोड भारुको आँकडा छोए पनि दर्शकहरूको नकारात्मक प्रतिक्रयाले भने फिल्मलाई दोस्रो सप्ताहान्तसम्म पुगुन्जेल धराशायी पार्न सक्ने बलिउड बिजनेस पण्डितहरूको आकलन रहेको छ ।

जहिले पनि राम्रो विषयवस्तु लिएर आउने भएकाले आमिरका फिल्महरूले दोस्रो र तेस्रो सप्ताहान्तमा समेत राम्र्रो व्यापार गर्ने गरेका छन् । यदि यो फिल्म असफल भएको खण्डमा आमिर खानले ११ वर्षपछि असफलताको स्वाद चाख्ने छन् ।

सम्बन्धित् समाचार  ‘स्टारडस्ट’को मिथक तोडेका ओम पुरीको पहिलो चलचित्र ‘आक्रोश’ (भिडियाे)

अत्यधिक भिएफएक्स र स्पेसल इफेक्ट्स प्रयोगले फिल्म क्यारिकेचर जस्तो भएको एक फ्यानले प्रतिक्रिया दिएका छन् ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: