चितवनमा भेटिए अचम्मका व्यक्ति ! [भिडियोसहित]

काठमाडौं, कार्तिक २३ । सामाजिक सञ्जालमा भाइरल हुन पछिल्लो समय मानिसले अनेक तरिका रचिरहेका छन् । अधिकांश व्यक्ति आफ्नो प्रतिभाका कारण नै सामाजिक सञ्जालमा भाइरल भएका देखिन्छन् ।

शारिरीक बनोटका  साथै प्रतिभाका कारणले पनि कतिपय व्यक्ति चर्चाको शिखरमा छन् । यी नै मध्येका एक जोडी हो- बखत बिष्ट र प्रतिभा चौधरीको । उनीहरुको जोडीले अहिले सामाजिक सञ्जाल तताएको छ । उनीहरुका हरेक भिडियो युट्युबमा सर्वाधिक अगाडि छन् ।

यसैबीच, एउटा अर्र्का व्यक्ति पनि केही दिनयता सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यी व्यक्ति हुन्- चितवनका फूसाङ बोमजन । फरक अनुहारकै कारण उनी चर्चाको शिखरमा छन् । फूसाङको अनुहार पाकृतिक रुपले भने यस्तो होइन ।

उनले नै आफ्नो अनुहार यस्तो बनाएका हुन् । अरुभन्दा फरक हुन खोज्ने फूसनले यस्तो अनुहार बनाएको धेरै भएको छैन । करिब चार महिनाअघि मात्र उनले यस्तो अनुहार बनाएका हुन् । फूसाङले कान, जिब्रो, नाक, गाला, ओठलगायत अनुहारका धेरै भागमा छेडेका छन् । र, मुन्द्रा लगायका छन् ।

फूसनले यस्तो अनुहार कसरी बनाए ? यस्तो अनुहार बनाउनको कारण के हुन् ? कस्तो गाह्रो ज यस्तो अनुहार बनाएर समाजमा घुलमिल हुन ? लगायत थुप्रै प्रश्नको जवाफ सुन्न र हेर्न यो भिडियो हेर्नुस्-

सम्बन्धित् समाचार  भैंसीको पेटबाट ७ फ़ीट लामो जिउँदो सर्प निस्केपछि...

कमेन्ट गर्नुहोस्

%d bloggers like this: