हुम्ली लामालाई तिहारले छोएन

हुम्ला, कार्तिक २३ । नेपालीको दोस्रो ठूलो पर्व तिहार आज मुलुकभरि हर्षाल्लासका साथ मनाइएको छ। तर हुम्ला जिल्लाका बौद्ध धर्मावलम्बीका लामा समुदायलाई भने यो पर्वले छोएन । हुम्ला जिल्लामा करीब ३० प्रतिशत लामा समुदायको बसोबास रहेपनि उनीहरुलाई यो पर्वले नछाएको उद्योग वाणिज्य संघ हुम्लाका नाम्गेल तामाङले बताए ।

आफूहरुले बौद्ध धर्मप्रति आस्था राख्ने भएकाले तिहारलाई त्यति महत्व नदिएको उनले बताए । हुम्लाको नाम्खा गाउँपालिकामा लामा, तामाङ जातिको बसोबास छ ।

पुर्खादेखि आफूहरुले आफ्नो धर्मबाहेक अन्य परम्परागत चार्डपर्व नमनाउने भएकाले यो पर्वलाई खासै महत्व नदिएको उनको भनाइ छ । हुम्ला दुर्गम भएपनि पछिल्लो समय दसैं, तिहारजस्ता चाडपर्वलाई महत्वका साथ मनाउने चलन छ । तर लामा समुदायले भने यी पर्वलार्ई सामान्य रुपमा लिने गर्छन् । -रासस

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  देउसी समूहलाई भुस्याहा कुकुरले लखेट्यो, १० जना घाइते
%d bloggers like this: