श्रीलंकाका राष्ट्रपतिद्वारा संसद भंग गर्ने आदेश

एजेन्सी । श्रीलंकामा जारी राजनीतिक संकटकाबीच राष्ट्रपति मैत्रिपाला सिरिसेनाले संसद भंग गर्ने आदेश दिएका छन् । यस्तो आदेश शुक्रबार रातिदेखि नै लागू हुने श्रीलंकाको सरकारी निकायले सूचना जारी गरेको छ । संसद भंग भएमा आउँदो वर्ष २०१९ को सुरुवातमै निर्वाचन हुन सक्छ ।

तर यसका लागि श्रीलंकाको सर्वोच्च अदालतको आदेश पर्खनु पर्ने हुन्छ । अदालतले राष्ट्रपति सिरिसेनाको कदमलाई असंवैधानिक ठहर गरेमा संसद भंग कार्यान्वयन नहुने सम्भावना पनि छ ।

हालै प्रधानमन्त्री पदबाट बर्खास्त गरिएका रानिल विक्रमासिंघेको युनाइटेड नेसनल पार्टी ९युएनपी०ले राष्ट्रपतिलाई संसद भंग गर्ने कुनै अधिकार नभएको बताएको छ ।

गएको महिना राष्ट्रपति सिरिसेनाले पूर्वराष्ट्रपति महिंदा राजपाक्षेलाई नयाँ प्रधानमन्त्री घोषणा गरेका थिए । उनलाई प्रधानमन्त्री घोषणा गरेर प्रधानमन्त्री रानिल विक्रमासिंघे बर्खास्त गरिएका थिए ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  भूट्टो र शरिफकाे विरासत ताेड्दै, नयाँ शक्तिको रुपमा इमरानकाे उदय
%d bloggers like this: