कुखुराको खोरबाट १९ जुवाडे पक्राउ

चितवन, कार्तिक २४। चितवनको खैरहनी नगरपालिकाबाट १९ जना जुवाडे शुक्रवार राती पक्राउ परेका छन् । साथै, जुवाखालबाट नगद २ लाख ४१ हजार ५ सय रुपैयाँ समेत बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय खैरहनीको सयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । विषेश सुराकीका आधारमा गएको प्रहरी टोलीले खैरहनी नगरपालिका १० जीवनपुरका महादेव चौधरीको कुखुरा फर्ममा जुवातास खेल्दै गरेको अवस्थााम पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई जुवा ऐन अन्र्तगत मुद्या चलाईने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  रकम असुली आरोपमा क्रिकेटर पृथु बास्कोटा सहित आठजना पक्राउ
%d bloggers like this: