प्रधानमन्त्रीले उद्घाटन गर्ने लगानी सम्मेलन अचानक स्थगित

काठमाडौं, कार्तिक २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएको लगानी सम्मेलन आकस्मिकरुपमा स्थगित भएको छ । भोलि (आइतबार) बाट शुरु हुने भनिएको सम्मेलन इलाम नगर कार्यपालिकाको बैठकले पर्याप्त तयारी नपुगेको भन्दै स्थगित गरेको हो । स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानी गर्न आर्कषण गर्ने उद्देश्यले इलाममा आयोजना हुने भनिएको लगानी सम्मेलन प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम थियो ।

चाडपर्व लगत्तै सम्मेलन गर्नु पर्दा अपेक्षित रुपमा लगानीकर्ता भेला हुन नसक्ने भएकाले पनि नगरपालिकाले सम्मेलन स्थगित गरेको जनाएको छ । स्थगनसँगै इलाम नगरपालिकाले महत्वका साथ अयोजना गर्ने भनिएको सम्मेलन अनिश्चित बनेको छ ।

केही साताभित्र नै सम्मेलन आयोजना गर्ने नगरपालिकाले जनाएको छ । सम्मेलन मार्फत लगानी गर्न योग्य क्षेत्र, वातावरण लगायत विषयमा लगानीकर्तालाई प्रष्ट पारिने योजना थियो ।

नगरपालिकाले कृषि, पर्यटन, स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानीका लागि आग्रह गर्ने योजना बनाएको छ । कृषिमा अब्बल मानिएको इलाममा यो जिल्लामा उत्पादित कच्चा पदार्थलाई प्रयोग गर्नु पर्ने आवज उठ्दै आएको छ । धेरै जाडो र गर्मी नहुने यहाँको भूगोलमा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गरेर पर्यटन समेत प्रर्वधन गर्न सकिने नगरपालिकाको बुझाई छ ।

सम्बन्धित् समाचार  भरतपुर महानगरपालिका नगरसभाको तयारी गर्दै

त्यस्तै मुलुककै पुरानो चिया बगानसहित विभिन्न पर्यटकीय सम्भावनाका क्षेत्र भएकाले पर्यटनमा लगानी बढाउन पनि सम्मेलन फलदायी हुने नगरपालिकाले जनाएको छ । सम्मेलन आयोजनाका लगि नगर प्रमुख वस्नेतको संयोजकत्वमा समिति गठन गरिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: