दिल्लीको सहायक कोचमा सैफ नियुक्त, युवा खेलाडीमा विशेष नजर

एजेन्सी। इण्डियन प्रिमियर लिग (आइपीएल) मा टिम दिल्ली डेयरडेभिल्सले युवा खेलाडीलाई विशेष स्थान दिइरहेको छ । उसले गत संस्करणमा नेपालका क्रिकेटर सन्दीप लामिछानेलाई पनि ३२ लाख नेपाली रुपैयाँमा किनेको थियो ।

सन्दीले सुरुका खेलमा स्थान नपाए पनि अन्तिममा खेल्न पाए । र, शानदार प्रदर्शन गरे । जसले यो पटक सन्दीपको मूल्य पनि बढी ने हुने आँकलन गर्न थालिएको छ ।

यसैबीच, हालै मात्र दिल्लीले सहायक कोच भित्र्याएको छ । उसले भारतीय राष्ट्रिय टिमका पूर्व ब्याट्सम्यान मोहम्मद कैफलाई सहायक कोचका रुपमा भित्र्याएको छ । कैफले मुख्य गरी युवा खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । कैफ यसअघि आइपिएलकै अर्को टिम गुजरात लायन्सका सहायक कोच रहिसकेका छन् ।

कैफ भारतीय क्रिकेटरहरुमध्ये फिल्डिङमा अहिलेसम्मकै सबैभन्दा दक्ष खेलाडी मानिछन् । अब उनले दिल्लीका कोच रिकी पोन्टिङ र जेम्स होप्सको सहायकको भूमिका निभाउने छन् ।

दिल्लीसँग जोडिएपछि कैफले भने ‘यो टिमसँग जोडिन पाउँदा मलाई निकै खुसी लागेको छ । यो एक उत्कृष्ट टिम हो र हामी राम्रो खेल्नेछौं । मलाई विश्वास छ कि हामी टिमका युवा खेलाडीहरुको खेलमा निखार ल्याउन सफल हुनेछौं । यसबाट आइपिएलमा प्रदर्शन राम्रो हुनेछ ।’

सम्बन्धित् समाचार  एसीसी क्रिकेटमा नेपाल जित नजिक: १२ ओभरमा ७० रन चाहिने, पाँच विकेट वाँकी

दिल्ली डेयरडेभिल्सका निर्देशक मुस्तफा गौसले भने ‘कैफ निकै अनुभवी छन् । उनाई खेलको गहिरा जानकारी पनि छ । उनी युवाहरुको लागि प्रशिक्षकको भूमिकामा हुनेछन् । उनको मार्गदर्शनमा टिम आगामी सत्रमा राम्रो खेल्नेछ ।’

अघिल्लो आइपिएलमा दिल्लीको प्रदर्शन सुरुका खेलहरुमा राम्रो हुन सकेन । तर, पछिल्ला खेलहरुमा पाका खेलाडीलाई कम गरेर धेरै युवाहरुलाई अवसर दिँदा टिमको प्रदर्शन निकै राम्रो भएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: