बरुण हाइड्रोपावरको नाफा ३८.१ प्रतिशतले घट्यो

काठमाडौं, कार्तिक २५ ।

बरुण हाइड्रोपावरले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा एक करोड १५ लाख ८४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

हाइड्रोपावरको नाफा गतवर्षको यसै अवधिको तुलनामा ३८।१ प्रतिशतले घटेको हो । गतबर्ष हाइड्रोपावरले एक करोड ८१ लाख २३ हजार रुपैयाँ नाफाआर्जन गरेको थियो । संचालन खर्चमा वृद्धि हुदा हाइड्रोपावरको नाफा घटेको हो ।

हाइड्रोपावरको कुल आम्दानी ३ करोड १३ लाख ६६ हजार रुपैयाँ छ । जसमध्ये विद्युत बेचेर १६ लाख ५१ हजार रुपैयाँ बराबरको आम्दानी गरेको हाइड्रोपावरले अन्य माध्यमबाट ५१ हजार रुपैयाँ आम्दानी गरेको छ ।

असोज मसान्तसम्म हाइड्रोपावरको संचालन खर्च १६ लाख ५१ हजार रुपैयाँ छ । जुन गतबर्षको तुलनामा ४ लाख ४१ हजार रुपैयाँले बढी हो । गतबर्ष हाइड्रोपावरको संचालन खर्च १२ लाख १० हजार रुपैयाँ थियो । चुक्ता पूँजी २५ करोड ५१ लाख रुपैयाँ रहेको हाइड्रोपावरको जगेडा कोषमा दुई करोड ३७ लाख ९२ हजार रुपैया सञ्चित छ ।

साथै हाइड्रोवारको प्रति शेयर आम्दानी ९ रुपैयाँ ३२ पैसा छ । प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ३२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३।१९ गुढा बढी रहेको छ । मेरोलगानीबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: