आमाको काखबाटै खोसेर बाँदरले शिशु मार्‍यो !

बीबीसी । भारतको आग्रामा आमाको दूध चुसिरहेका एक १२ दिने शिशुलाई बाँदरले खोसेर मारिदिएको छ । घरभित्र पसेको बाँदरले शिशुलाई काखबाट खोसेको थियो ।

शिशुलाई लगेपछि स्थानीयले बाँदरलाई लखेटेका थिए । त्यही क्रममा बाँदरले शिशुलाई छिमेकीको छतमा फ्याँकिदिएको बीबीसीले जनाएको छ । बाँदरले लछारपछार गर्दै टोकेकाले शिशु गम्भीर घाइते भएका थिए ।

बाँदरबाट मुक्त गरेपछि तत्कालै अस्पताल पुर्याइएका शिशुकोउपचारको क्रममा मृत्यु भएकोपरिवारले जनाएको बीबीसीले उद्धृत गर्दै लेखेको छ ।

स्थानीय प्रहरी कार्यालयका अधिकृत अजय कुशलले रोयटर्सलाई बताए अनुसार बाँदरको आक्रमणबाट शिशुको शरिरमा चोटैचोट लागेकोथियो । स्थानीयका अनुसार उक्त क्षेत्रमा बाँदरको आतंक बढ्दो छ ।

दुई महिना अघि पनि बाँदरको आक्रमण परी एक बालक सख्त घाइते भएका थिए । गत मेमा ताजमहल क्षेत्रमा दुई पर्यटकलाई बाँदर आक्रमणकोगरेको थियो ।

‘आग्राका सबै क्षेत्रहरुमा बाँदर छन्,’ स्थानीय वातवरण अभियन्ता श्रवणकुमार सिंहले भने, ‘उनीहरु खानाका लागि खोस्न र आक्रमण गर्न माहिर छन् ।’ सहर विस्तारका क्रममा प्राकृतिक बासस्थान भत्कन थालेपछि बाँदरहरु झन् हिंस्रक बन्दै गएका छन् । कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!