महाकवी लक्ष्मीप्रसाद देवकोटाको अन्तिम कविता “मृत्युु शैय्याबाट”

मृत्युु शैय्याबाट”

संसार रुपी सुख स्वर्ग भित्र
रमें रमाएँ लिइ भित्र चित्र
सारा भयो त्यो मरुभूमी तुल्य
रातै परे झैँ अब बुझ्छु बल्ल।


रहेछ संसार निशा समान
आएन ज्यूँदै रहँदा नि ज्ञान
आखीर श्रीकृष्ण रहेछ एक
न भक्ती भो,ज्ञान,नभो विवेक।


महामरुमा कण झैँ म तातो
जलेर मर्दो विनु आश लाटो
सुकी रहेको तरु झैँ छु खाली
चिताग्नी तापी जल डाल्न फाकी।


संस्कार आफ्नो सव नै गुमाएँ
म शून्यमा शून्य सरी विलायँ
जन्मेँ म यो स्वर्ग विषे पलाएँ
आखीर भै खाक त्यसै विलाएँ ।

महाकवी लक्ष्मीप्रसाद देवकोटाले यो अन्तिम कविता शान्ता भवनको अस्पतालको मृत्युु शैय्यामा लेख्नु भएको र त्यहीँ हरि श्रेष्ठलाई उहाँले स्नेह स्वरुप प्रदान गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्