लघुकथाः मध्यरातमा एकल युवती

मध्यरातको समय थियो, एकजना युवती आफ्नो घर जनाको लागि ट्याक्सी स्ट्यान्ड्मा पुगिन् । तर त्यहाँ कुनै ट्याक्सीहरू थिएनन् । युवती एकदम डराएकी थिइन । घडीमा पनि रातको 12:47 बजेको थियो । सडकमा केवल बुस्या कुकूरहरू बुकिरहेको थिए । टिर्र-टिर्र गर्दैं रातको झ्याउकिरीहरू पनि कराउँदै थिइन् ।

त्यतिकैमा युवतीको नजर उताबाट आइरहेको एउटा केटामा पर्छ । अध्याँरो भएकाले टाढाबाट त्यति राम्रा चिन्न सकेन । युवती झन् डराउन थालिन् । केटा युवतीको नजिक आइपुगे । घाँटीमा सिक्री, हातमा पनि सिक्री, खुट्टामा बुट, कान र आँखाको माथिल्लो भागमा रिङ्ग् झुण्ड्याएको, केटा हेर्दा त गुण्डा जस्तै देखिन्थ्यो । उसलाई देखेर युवती डरले थर-थर काँपिन्, मनमा एउटै प्रश्न गरी-गरी गुमिरहे, “लौ न, मलाई के पो गर्ने हो?”

कतै समस्यमा परेपनि गुहार माग्ने नजिकमा अरु कोही थिएनन् ।

गुण्डा जस्तो युवक युवतीको नजिक आएर भन्छ, “किन डराउनु भएको, बहिनी! ढुक्का होउ, म तिमीलाई केही गर्दिन । अध्याँरोमा तिमी माथि मौका छोप्न खोजेको होइन । तिमी एउटा नारी हौ । रातको समय युवतीहरुलाई त्यति राम्रो हुँदैंन । त्यसैले जबसम्म यहाँ ट्याक्सी आउँदैन, तबसम्म म तिम्रो अंगरक्षक भएर बस्छु।”

केही बेरपछि त्यहाँ तिब्र गतिमा आएर एउटा ट्रक गचक्क रोकिए। ट्रक ड्राईभर पनि मापासेले गर्दा मातिएको थियो ।

“ना ना ना नानी, क क कहाँ जाने हो, आउनुस् बस म पु पु पुर्याइदिन्छु ।” केटी तर्फ हेर्दैं ट्रक ड्राईभरले जीव्रो लड्बडाउँदै भनिन् । रक्सी पनि ढङ्-ढङ्ती गनाइरहेका थिए । त्यो युवकले पनि धेरै रात भएकाले अब ट्याक्सी आउँदैनन् र यसै ट्रकमा जाउँ भनी युवतीलाई आग्रह गरिन् । युवती आफ्नो अंगरक्षक गर्ने युवकलाई डराएको आवजमा Thank you भन्दैं ट्रकको क्याबिन सिट्मा बसिन्, किनकि अब ट्रक ड्राईभरले के गर्ने हो, उनीलाई थाहा थिएन । घरसम्म त जसरी नि पुग्नु पर्ने थियो । दिनमा भएको धेरै वर्षातका कारण घरमा कल गर्नलाई फोनको नेटवर्क पनि थिएन । यता गुण्डा जस्तो देखिने युवक भने विपरित दिशातिर जानु परेकोले कुनै सवारी साधन नआएसम्म पर्खनु पर्ने भयो।

ट्रक आफ्नो गतिमा गुडिरहे । ड्राईभर युवती तर्फ आँखा पुलक-पुलुक पार्दैं हेरिन् । विचरी युवती डराएर बसिरहेकी थिई । कतै ड्राईभर मोरोले केही गर्यो भने ह्यान्ड्ब्यागले हिर्काएर आफू बच्ने आँट समेत गरेका थिइन् । ड्राईभरले मन्द बोलीमा ओठ लडबडाउँदैं भनिन्, “हेर्नुस् नानी, ती ती ती तिमी त मेरो बहिनी जस्तै हुन्, डराउनु प प प पर्दैंन । रातको समयमा एकजना मात्र के के के केटी ट्याक्सी स्ट्यान्ड्मा देखेर मैले ट्रक रोकेको हो, कि कि कि किनकि आजकाल जमना एकदम खराब छ ।”

केही समयपछि ट्रक केटीको घर एरियामा आएर रोकिन् । युवतीले ड्राईभरलाई भाडा कति भयो भन्दै आफ्नो ह्यान्ड्ब्यागबाट बेरिएको ५०० रुपैंयाँ निकालीन् । तर ड्राईभरले भाडा लिन मना गरे । बरु रातमा एक्लै यात्रा कहिल्यै नगर्नु भनेर युवतीलाई सम्झाइन् । युवतीले पनि Thank you दाइ, तपाई पनि जाँड रक्सी धेरै नपिउनु भन्दै ट्रकको क्याबिनबाट तल बुर्लुक्क ओर्लिए ।

युवती घरसम्म पुग्न त्यहाँबाट पनि केही समय गल्लीको बाटो हिँडेर जानु पर्दथ्यो । स्ट्रिट लाइट नभएकाले गल्लीको बाटोहरू अध्याँरो थियो । युवती गल्लीको हिलो बाटो हुँदै आफ्नो पाईलालाई अगाडि लम्काइन् । उताबाट एकजना बसको खलासी चुरोट तान्दैं मोबाईलको टर्च बालेर आइरहेको थिए । केटी फेरि पनि डराइन्, किनकि रातको समयमा एक्लो युवती कहाँ र कतिखेर के हुन्छ भन्न सकिन्न थियो । खलासी चुरोटको एकसट तान्दैं युवती नजिक आइपुगिन् ।

“यस्तो अध्याँरो र हिलम्मे बाटोमा एक्लै कहाँसम्म जान लागेको, दि ! जाउँ, म पुर्याइदिन्छु; डराउन पर्दैंन।” खलासीले युवतीलाई टर्च बालेर युवतीकै घरसम्म पुर्याएर फर्किन् ।

अरुभन्दा नि रातको समयमा एउटा युवती सुरक्षाका साथ घरसम्म पुग्न सफल हुँदा युवतीको परिवारहरू खुशी थिए ।

पोष्ट स्क्रिप्टः यो कथा मेरै देशको हो, साँच्चि यस्तै भन्ने दिन आईदिए…

दावा तेन्पा शेर्पा/मझेरी डटकम

कमेन्ट गर्नुहोस्

error: Content is protected !!