मुख्यमन्त्री भन्छन्, ‘गुटसुट थाहा छैन, आचरण बारे ‘कम्प्लेन’ आएपछि सोडारीलाई हटाईयो’

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीलाई बर्खास्त गरिएपछि सो प्रदेश र प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट चर्चामा छन् । प्रशस्त सम्भावना बोकेको भए पनि सुदूरपश्चिममा अनगिन्ती समस्या छन् । मन्त्री बर्खास्तसँगै मुख्यमन्त्रीलाई अझै चुनौती थपिएको छ ।

निर्मला हत्या प्रकरण यही प्रदेशमा भएपछि त्यसले झनै समस्या थपेको छ । केन्द्र सरकारले सोचेअनुसार सहयोग गर्न नसकेको गुनासो यो प्रदेशको पनि उस्तै छ । प्रदेशका समस्या, मन्त्रीको बर्खास्ती, निर्मला हत्या प्रकरण तथा प्रदेशका भावी योजनामा केन्द्रित रहेर मुख्यमन्त्री भट्टसँग गरिएको कुराकानीको सारसंक्षेपः

-सुदूरपश्चिम प्रदेशको अवस्था के छ ?
प्रदेशको अवस्था ठीकै छ । हामीले २०७५-७६ को बजेट ल्याएका छौं । कानुन निर्माण गरेका छौं । सरकार गठन भइसकेपछि अधिकांश कानुन पास भएका छन् । केही कानुन छलफलका क्रममा छन् भने केही कानुन पास हुने क्रममा छन् ।

बजेट पास भएको छ । बजेटलाई तल्लो तहसम्म विकासका काममा लगाउनका लागि प्रत्येक जिल्लामा कामकाज सुरु गर्न प्रदेश सरकार लागि परेको छ । त्यसका लागि कार्यालयहरू व्यवस्थापन गर्नतिर लागेका छौं ।

-प्रदेश सरकार कुन काममा केन्द्रित छ अहिले ?
प्रदेश सरकारको मुख्य काम भनेको नै अहिले हामी सबैलाई थाहा छ । हामी संघीयतामा गएका छौं । संघीयता र प्रदेश भन्ने कुरा नयाँ हो । संविधानतः नेपालमा तीन तहका सरकार छन् ।

प्रदेश सरकारको मुख्य काम भनेको नै संविधानले दिएका अधिकार प्रयोग गर्ने हो । पहिलो कुरा कानुन निर्माण हो । कानुन निर्माण भएन भने काम गर्न अप्ठेरो हुन्छ । यस प्रदेशको समृद्धि र समग्र विकासको लागि अहोरात्र खट्ने हो ।

प्रदेश सरकार गठन भइसकेपछि जनतालाई नजिकबाट सेवा दिने कुरा मुख्य कुरा हो । अनुभूति हुने गरी विकास गर्नुपर्छ । लामो समयदेखि सुदूरपश्चिम पछाडि पर्दै आएको क्षेत्र हो । यहाँको गरिबी पछौटेपन हटाउन जरुरी छ । यहाँ रहेको साधनस्रोतको पहिचान गरेर त्यसको समुचित विकासमा प्रदेश सरकार केन्द्रित छ ।

राजधानी तोकिएको गोदावरी क्षेत्र यस प्रदेशका सबै जिल्ला (पहाड र तराई जोड्ने मुख्य प्रवेशद्वार) को पायक पर्ने क्षेत्र हो । राजधानी तोकिएको ठाउँमा वनक्षेत्र छैन । ससाना बुट्यान मात्र रहेका छन् । हामीले त्यहाँ भौतिक पूर्वाधार बनाउँदा रूख नकाटिकनै पूर्वाधार निर्माण गर्ने भएकाले सबैलाई ढुक्क हुन आग्रह गर्दछु

प्रदेशको नाम र राजधानीको विषयमा त विवाद आयो नि ?
यसको कारण केही पनि छैन । नाममा सबै दलको सहमति छ । जहाँसम्म यो प्रदेशको स्थायी राजधानीको सवालमा एकाध विरोध आएका छन्, त्यसमा विरोध गर्नुको कुनै तुक छैन । संसद्बाट दुईतिहाइले पास भइसकेको छ ।

अब प्रदेश सरकारको राजधानी तोकिएको ठाउँमा भौतिक पूर्वाधार निर्माणका लागि पहल गर्नुपर्ने कामतिर हाम्रो ध्यान केन्द्रित भएको छ । त्यसका लागि प्रदेश सरकारले आफ्नो ठाउँबाट प्रक्रिया पनि सुरु गरिसकेको छ ।

-गोदावरीमा राजधानी बनाउँदा वन मासिने र वातावरणमा असर पर्छ भन्ने वातावरणविद्हरूका धारणाप्रति तपाईंको टिप्पणी ?
वन पर्यावरण संरक्षण गर्नु हाम्रो दायित्व हो । तर, यसैका लागि हामीले केही पनि गर्नुहुन्न, चलाउनै हुन्न भन्ने तर्कसंगत कुरा होइन । राजधानीका लागि प्रस्तावित ठाउँमा कस्ता प्रकारका रूख छन् ? कति नोक्सान हुन्छ भन्ने हामी सबैले हेर्दा हुन्छ । त्यहाँ खासै वन छैन । त्यसैले, यो वन विनाशको कुरा अलि बढी राजनीतिक पूर्वाग्रह मात्रै हो । भौतिक संरचना बनाउँदा वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्छ ।

यो झुटा कुरा हो, यसमा कुनै सत्यता छैन । जो अहिले राजधानी तोकिएको गोदावरी क्षेत्र यस प्रदेशका सबै जिल्ला (पहाड र तराई जोड्ने मुख्य प्रवेशद्वार) को पायक पर्ने क्षेत्र हो । राजधानी तोकिएको ठाउँमा वनक्षेत्र छैन । ससाना बुट्यान मात्र रहेका छन् । हामीले त्यहाँ भौतिक पूर्वाधार बनाउँदा रूख नकाटिकनै पूर्वाधार निर्माण गर्ने भएकाले सबैलाई ढुक्क हुन आग्रह गर्दछु ।

वातावरणलाई नै असर पर्ने गरी काम हुँदैन । प्रदेश सरकारका लागि राजधानीको संरचना बनाउन निजी जग्गा खरिद गर्न सकिँदैन । सरकारी जमिनमा नै बनाउने हो । त्यसैले, सरकारी जग्गा उपयोग गर्नेगरी गोदावरीमा प्रस्ताव गरिएको होला ।

नेपालमा वैज्ञानिक वन व्यवस्थापन योजना लागू भएको छ । यो योजनामा पूरै वन काट्ने कुरामा कोही पनि बोलेका छैनन् । अहिले हामीले प्रदेशको राजधानीका लागि संरचना बनाउन प्रस्ताव गर्दा ठूलो कुरो उठाउन जरुरी छैन । एउटा राजधानी बनाउनका लागि वन काटिहाले पनि कुनै वातावरणीय प्रभाव पर्दैन । यो नचाहिने हल्ला अलि बढी नै भइरहेको छ ।

यो झुटा कुरा हो, यसमा कुनै सत्यता छैन । जो अहिले राजधानी तोकिएको गोदावरी क्षेत्र यस प्रदेशका सबै जिल्ला (पहाड र तराई जोड्ने मुख्य प्रवेशद्वार) को पायक पर्ने क्षेत्र हो । राजधानी तोकिएको ठाउँमा वनक्षेत्र छैन । ससाना बुट्यान मात्र रहेका छन् । हामीले त्यहाँ भौतिक पूर्वाधार बनाउँदा रूख नकाटिकनै पूर्वाधार निर्माण गर्ने भएकाले सबैलाई ढुक्क हुन आग्रह गर्दछु ।

-धनगढीमा करोडौं खर्च भइसकेको अवस्थामा धनगढी नजिकैको गोदावरीमा नै स्थायी राजधानी तोक्नुका खास कारण चाहिँ के हो ?

यसमा कुनै खास कारण केही छैन । मैले अघि नै भनिसकेँ, अहिले राजधानी तोकिएको गोदावरी यस प्रदेशका नौवटै जिल्लालाई पायक पर्ने र भौगोलिक अवस्थाले पनि मिलेको हुनाले त्यहाँ (गोदावरी) मा स्थायी राजधानी तोकिएको हो ।

उहाँले जे भने पनि गुटसुट मलाई थाहा छैन । उहाँको बारेमा धेरै कम्प्लेन आएको र कार्यसम्पादन तथा पदीय आचरण ठीक नभएकाले मन्त्री पदबाट बर्खास्त गरिएको हो ।

हामीले धनगढीलाई आर्थिक तथा व्यापारिक सहरका रूपमा विकास गर्ने योजना बनाएका छौं । जहाँसम्म धनगढीनजिकै (धनगढीबाट १७ किलोमिटर) गोदावरीमा राजधानी किन सारियो भन्ने गरिएको छ, त्यसमा विरोध गर्नुको मैले केही पनि आधार देखेको छैन ।

-प्रदेश सरकारले प्रदेशको विकासका लागि जुन परिकल्पना गरेको थियो, ठोस रूपमा नदेखिनुको परिणाम के हो ?
आठ÷नौ महिनामा नै परिणाम देखिन्छ भन्ने होइन । न हामीले सोचेका थियौं, न बाहिर आइहाल्छ भन्ने कुरा हो । विधि र प्रक्रियाबाट काम हुने हो । हामी अहिले संघीयताको नयाँ सिस्टममा छौं । काम गर्दा छिटो परिमाण खोज्ने परम्परा हामीकहाँ छ ।

हामीसँग पर्याप्त जनशक्ति छैन । भौतिक पूर्वाधार पनि छैनन् । बजेट कार्यान्वयनको चरणमा छौं । जब बजेट तल्लो तहसम्म, दूरदराजसम्म पुग्छ, तब परिमाण आउँछ नै । हामी अब परिणाम आउने हिसाबले काम गर्छौं ।

प्रदेश सरकारले कानुन, भौतिक संरचना बनाउने हो । तर प्रशासनिक कुरा र कर्मचारी व्यवस्थापनको कुरा संघीय सरकारले मिलाउने हो । यसलाई मिलाउनका लागि कर्मचारी ऐन र प्रहरी ऐनको कुरा छिटोभन्दा छिटो अगाडि बढाउनुपर्ने हुन्छ ।

-तीनवटै तहबीच अधिकार बाँडफाँटको स्थितिले प्रदेश सरकार सञ्चालनमा बाधा छ ?
तीनवटै तहको अधिकार संविधानले प्रस्ट गरेको छ । तीनवटै तहका आआफ्ना अधिकार छन् । समायोजनको काम भनेको संघीय सरकारको हो । कार्यकारी अधिकार तीनवटै तहलाई छ । समन्वय गर्ने काम केन्द्रीय सरकारको हो, त्यो भइरहेको छ ।

मुख्य चाहिएको प्रदेश सरकारको आफ्नै निकाय बन्नुपर्ने हुन्छ । प्रदेश प्रहरीको संरचनाको कुरा गरेको छ, कर्मचारी व्यवस्थापनका कुराहरू, भौतिक संरचनाका कुराहरू छिटोभन्दा छिटो गर्नुपर्ने हुन्छ ।

प्रदेश सरकारले कानुन, भौतिक संरचना बनाउने हो । तर प्रशासनिक कुरा र कर्मचारी व्यवस्थापनको कुरा संघीय सरकारले मिलाउने हो । यसलाई मिलाउनका लागि कर्मचारी ऐन र प्रहरी ऐनको कुरा छिटोभन्दा छिटो अगाडि बढाउनुपर्ने हुन्छ ।

प्रदेश सरकारले संयोजनको काम गर्ने हो । हाम्रा आआफ्ना प्रदेश सरकारको आफ्नै निकाय छ । अप्ठ्यारोभन्दा पनि केही अभाव छन् त्यो सफल पार्नुपर्छ ।

-प्रसंग बदलौं । हालै मात्र तपाईंले कार्यदक्षता र पदीय आचरणको कुरा उठाएर सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीलाई बर्खास्त गर्नुभयो । के त्यो ठीक थियो ?

यो कुरामा म त्यति बहस गर्न चाहन्नँ । उहाँको बारे तपाईंहरूकै मिडियामा कुरा आइसकेका छन् । उहाँले आफ्नो पदीय दायित्व र कार्यसम्पादनमा राम्रो नगरेकाले हटाइएको हो । जुन संसदीय प्रक्रियामा स्वाभाविक पनि हो ।

 

-उहाँले त आफूले राम्रो काम गर्दागर्दै पनि गुटको सिकार भएँ भन्नुभएको छ नि ?
उहाँले जे भने पनि गुटसुट मलाई थाहा छैन । उहाँको बारेमा धेरै कम्प्लेन आएको र कार्यसम्पादन तथा पदीय आचरण ठीक नभएकाले मन्त्री पदबाट बर्खास्त गरिएको हो ।

दुई दिनअगाडि मात्र यस प्रदेशका आन्तरिक मामिला मन्त्रीजी निर्मलाका आमाबुबा अनशन बसेका ठाउँमा गएर चाँडै दोषीलाई सार्वजनिक गर्छौं, अनशन तोड्नुस् भनेर भन्नुभएको छ ।

-कञ्चनपुरकी निर्मला हत्या काण्डबारे प्रदेश सरकारले के गर्दै छ ?
हामीले पीडित परिवारलाई न्याय दिलाउन हरसम्भव प्रयास गरिरहेका छौं । दुई दिनअगाडि मात्र यस प्रदेशका आन्तरिक मामिला मन्त्रीजी निर्मलाका आमाबुबा अनशन बसेका ठाउँमा गएर चाँडै दोषीलाई सार्वजनिक गर्छौं, अनशन तोड्नुस् भनेर भन्नुभएको छ । जहाँसम्म निर्मलाको घटनामा संलग्नलाई हामी चाँडै सार्वजनिक गर्नेछौं । त्यसका लागि नेपाल प्रहरीले घटनाको सूक्ष्म तवरले अध्ययन गरिरहेको छ ।

 

-अन्त्यमा यस प्रदेशका जनतालाई थप के भन्न चाहनुहुन्छ ?
जनताका अपेंक्षाहरू स्वाभाविक रूपमा हिजोभन्दा बढेका छन् । बढ्नु पनि स्वाभाविक नै हो । लामो समयसम्म पसिना बगाएर, संघर्ष गरेर सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याउने काम भएको छ ।

मैले के भन्ने गरेको छु भने अहिले हामी नयाँ प्रक्रियामा अगाडि बढिरहेका छौं । धेरै कुरा एकैचोटि नहुन सक्छ । सुरुवात गर्ने कुरा र सकारात्मक सोचसहित सिस्टमको विकास गर्ने कुरा मुख्य हो ।

वास्तवमा यो अधिकार जनताले पाउनुपर्छ । सहज र सुलभ गर्नका लागि प्रदेश सरकारले काम गरिरहेको छ । र, छिटो छरितो काम गर्नका लागि हामी एकदमै मिहिनेत गरेर अगाडि बढिरहेका छौं । मैले के भन्ने गरेको छु भने अहिले हामी नयाँ प्रक्रियामा अगाडि बढिरहेका छौं । धेरै कुरा एकैचोटि नहुन सक्छ । सुरुवात गर्ने कुरा र सकारात्मक सोचसहित सिस्टमको विकास गर्ने कुरा मुख्य हो ।

प्रगति र समृद्धिको बाटोबाट अघि बढेर साझा विकासमा हामी जुटौं । यसमा सबै जनताको साथ चाहिन्छ । समृद्धि र विकासका लागि हामी सबै एकजुट भएर लागौं । अहिलेसम्म जनताको साथ पनि पाइएको छ । अझै पनि पाइनेछ भन्न चाहन्छु । राजधानी दैनिकबाट साभार

कमेन्ट गर्नुहोस्

error: Content is protected !!