अाजपनि फेरि घट्यो सुनचाँदीको भाउ !

काठमाडौं, मंसिर १२ ।

साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य एक सयले रुपैयाँले घटेको छ ।

म‌गलबार बजारमा छापावाल सुन प्रतितोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर बजारमा सुन प्रतितोला ५७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

मंगलबार तेजावी सुन प्रतितोला ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर बजारमा सुन प्रतितोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, बुधबार फेरि बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

मंगलबार बजारमा चाँदी प्रतितोला मूल्य ७०५ रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर चाँदी प्रतितोला ७०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!