बजारमा फेरि सस्तियो सुनचाँदी !

काठमाडौं, मंसिर १३ ।

साताको अन्तिम दिन अर्थात शुक्रबारको दिन नेपाली बजारमा सुनको मूल्य तीन सयले रुपैयाँले घटेको छ ।

बिहीबार बजारमा छापावाल सुन प्रतितोला ५७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर बजारमा सुन प्रतितोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बिहीबार तेजावी सुन प्रतितोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर बजारमा सुन प्रतितोला ५६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, शुक्रबार फेरि बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

बिहीबार बजारमा चाँदी प्रतितोला मूल्य ७०५ रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर चाँदी प्रतितोला ७०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!