एप्पललाई पछि पार्दै माइक्रोसफ्ट बन्यो सबैभन्दा ठूलो बजार पूँजीकरण भएको कम्पनी

काठमाडौ, मंसिर १६ ।

एप्पललाई पछि पार्दे माइक्रोसफ्ट दुनियाँको सबैभन्दा धेरै बजार पूँजीकरण भएको कम्पनी बनेको छ ।

१६ बर्षपछि माइक्रोसफ्टले दुनियाँको सबैभन्दा ठूलो कम्पनीका रुपमा आफ्नो स्थान लिएको हो । शुक्रबार अमेरिकी शेयरबजार बन्द भएसँगै माइक्रोसफ्टको भ्यालूएसन ८५१.२ अर्ब डलर अर्थात् करिब ९५ लाख करोड रुपैयाँ रह्यो ।

सन् २००२ पछि पहिलोपटक माइक्रोसफ्ट बजार पूँजीकरणमा अग्र स्थानमा आएको हो । एप्पल सन् २०१२ देखि सबैभन्दा बढी बजार पूँजीकरण भएको कम्पनीका रुपमा पहिलो स्थानमा रहदै आएको थियो ।

शुक्रबार माइक्रोसफ्टको शेयर मूल्य ११०.८९ अर्ब डलर र एप्पलको शेयर मूल्य १७८.६८ डलर रह्यो । हप्ताभरीमा माइक्रोसफ्टको बजार पूँजीकरण कयौँ पटक धेरै रहेको थियो । तर काराबारको अन्तिम दिन एप्पलभन्दा माइक्रोसफ्ट तल रह्यो ।

एप्पल यो बर्ष अगस्टमा एक ट्रिलियन डलर भएको पहिलो अमेरिकी कम्पनी बनेको थियो । तर नोभेम्बर महिनामा यसको शेयरमा १६ प्रतिशत गिरावट आयो ।

सन् २०१४ पछि ४ बर्षको अवधिमा माइक्रोसफ्टको शेयर मूल्य तीन गुणाले बढेको छ । एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!