बझाङ पुगेर डा. केसीले जाँचे निःशुल्क ४ सय बिरामी

काठमाडौं, मंसिर १६ । डा. गोविन्द केसीले बझाङका ग्रामीण क्षेत्रमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ४ सय बढी विरामीले सेवा लिएका छन् ।

दुई दिनसम्म चलेको स्वास्थ्य शिविरमा धेरैजसो महिला तथा बालबालिकाले सहभागिता जनाएका थिए । केही दिनअघि आफैँ बिरामी परेर अस्पताल भर्ना भएका डा. केसी स्वास्थ्यलाभपछि बझाङ गएका थिए।

उनले १५औँ सत्याग्रहका क्रममा वि.सं. २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गर्न अल्टिमेटम दिइसकेका छन्।

केसीले सम्झौताबमोजिम अक्षरशः संशोधन गरेर चिकित्सा शिक्षा ऐन संसदबाट अविलम्ब पारित गर्न पनि माग दोहोर्‍याउँदै माग पूरा गर्नका लागि आगामी पुस २ गतेसम्मको समयसीमा दिएका छन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!