रविलाई भोट गर्न ‘बिहीबार’ छिटो आओस् जस्तो लाग्छ !

संजिवनी ओझा । मैले नेपाल आइडल हेर्न थालेको यो सिजनदेखि मात्र हुँ । गत सिजन हेर्न पाइन । यसपछाडिका विबिध कारण थिए । अझ भनौं दुर्गममा जागिर भएकाले हेर्न पाइन ।

त्यहाँ टिभिको सुविधा थिएन, भएका घरमा पनि खासै हेर्ने समय पनि मिलेन र रुचि पनि जागेन । यो वर्ष भने म काठमाडौंमा छु । र, मज्जाले नेपाल आइडलको आनन्द लिइरहेकी छु ।

धेरै ‘एपिसोड’ले मेरो मन छोएको छ । खासै टेलिभिजन र युट्युब हेर्न रुचि नराख्ने मलाई नेपाल आइडलले हेर्नेे लत बसालेको छ ।

घरमै बसेर नेपाल आइडलको आनन्दमा भिज्नुको मजा बेग्लै छ । आइडल मन पर्नुको कारण प्रतिस्पर्धीको उत्कृष्ट प्रस्तुति नै हो । मैले सुरुका अंकदेखि नछुटाई हेरिरहेकी छु । धेरै ‘एपिसोड’ले मेरो मन छोएको छ । खासै टेलिभिजन र युट्युब हेर्न रुचि नराख्ने मलाई नेपाल आइडलले हेर्नेे लत बसालेको छ ।

आइडलमा मलाई मन पर्ने प्रतिस्पर्धी रवि ओड हुन् । सुरुवातदेखि नै म उनका प्रस्तुतिलाई असाध्यै नजिकबाट हेरिरहेकी छु । रविले गाएका एकएक गीत मेरो मनमा ताजा छन् । ‘फेवा तालमा साइली’ होस् या ‘अब जाउँला रेलैमा’ उनले गाएका सबै गीतले मेरो मन छोएको छ ।

रविले गाएका एकएक गीत मेरो मनमा ताजा छन् । ‘फेवा तालमा साइली’ होस् या ‘अब जाउँला रेलैमा’ उनले गाएका सबै गीतले मेरो मन छोएको छ ।

मलाई मात्र होइन हजारौं समर्थकलाई पनि उनको आवाज उत्कृष्ट लाग्छ होला । रवि आइडलको ‘टप फाइभ’ मा पुगेका छन् । र, अब उनको आगामी यात्रा सुरक्षित गर्ने जिम्मा तपाई हामीमा छ । यदि हामीले भोट गरे उनको यात्रा दौडिन्छ, नगरे टक्क अडिन्छ । यसकारण अब रविको आइडल यात्रा गन्तव्यमा पुर्याउन सबैले सहयोग अर्थात् भोटमा जोड दिनुपर्छ ।

यो पटकको आइडलको उपाधि रविले नै जित्नेमा एक प्रकारले निश्चित जस्तै भएको छ । तर, ढुक्कका साथ  भन्न गाह्रो छ । यो भोटिङको चरण भएकाले जो प्रतिस्पर्धी पनि उपाधि जित्न सक्छ । यदि रविले नै दोस्रो नेपाल आइडलको उपाधि जितोस् भन्ने चाहना छ भने सबैले साथ दिऔं ।

रविबाहेक चार प्रतिस्पर्धी पनि उत्कृष्ट छन् । उनीहरुका आवाज पनि सुमधुर छन् । बिक्रम, सुमित, अमित र अस्मिताका समर्थक पनि रविका जस्तै दिनरात अहोरात्र खटिरहेका छन् ।

आ-आफ्नो ठाउँबाट उनको प्रचारमा जुटौं । सक्दो रविलाई भोट गर्ने तरिका सिकाउँ । अधिकांशलाई अहिले पनि भोट गर्ने तरिकाबारे जानकारी छैन । त्यसकारण सजिलै तरिकाले रविलाई भोट गर्ने जानकारी गराऔं ।

रबिलाई भोट गर्न मोबाइलको Message Box मा गएर १० टाईप गरी ३१००९ मा पठाउनुपर्ने हुन्छ ।  भोटिङ बिहीबार राति ८ः३० बजेबाट खुल्ला हुने छ र शुक्रबार बिहान १२ बजेसम्म गर्न सकिने छ। विदेशमा बस्नेहरुले Rise and respect app डाउनलोड गरी उनको कोडमा गई भोट गर्नुपर्ने हुन्छ ।

रविबाहेक चार प्रतिस्पर्धी पनि उत्कृष्ट छन् । उनीहरुका आवाज पनि सुमधुर छन् । बिक्रम, सुमित, अमित र अस्मिताका समर्थक पनि रविका जस्तै दिनरात अहोरात्र खटिरहेका छन् । यो पटक सुदूरपश्चिमले नेपाल आइडलको उपाधि जित्ने राम्रो अवसर पनि छ ।

आ-आफ्नो ठाउँबाट उनको प्रचारमा जुटौं । सक्दो रविलाई भोट गर्ने तरिका सिकाउँ । अधिकांशलाई अहिले पनि भोट गर्ने तरिकाबारे जानकारी छैन ।

गत वर्षको सिजनमा यो चरणसम्म यस क्षेत्रबाट प्रतिस्पर्धी पुगेका थिएनन् । तर, यो पटक भने रविले सबैको मन जित्दै ‘टप फाइभ’ मा स्थान बनाएका छन् । अब ‘टप फोर’ हुँदै पहिलो स्थानमा पुर्याउन सक्दो साथ दिनुपर्छ ।

रवि भोटले मात्रै होइन आफ्नो क्षमताका कारण पनि यो स्थानमा पुग्न सफल भएका हुन् । अधिकांश एपिसोडमा उनले निर्णायकको मन जितेका छन् । मानिस हो कहिलेकाही केही गल्ति भइहाल्छ, ससाना गल्ति रविमा पनि नभेटिएका होइनन् । तर, ति गल्तिलाई गल्तिको महसुस नगराउने उनका बाँकी प्रस्तुतिले फिक्का पारिदियो ।

आइडलमा आउनुअघि पनि रविले थुप्रै स्टेज तताइसकेका थिए । तर, कमैले मात्र चिनेका थिए । जब आइडलको ‘स्टेज’ पाए अनि वास्तविक रविको परिचय देखाए ।

सुदूरपश्चिम जस्तो पछाडि परेको प्रदेशबाट रवि नेपाल आइडलको ‘उत्कष्ट पाँच’ मा पुग्न त्यस क्षेत्रका लागि गौरवको विषय हो । गत सिजनमा त्यहाँ आइडलमा सहभागी हुने प्रतिस्पर्धी नै छैनन् भन्ने हिसाबले सुदूरपश्चिममा अडिसन नै गरेन । तर, यो पटक भने अडिसन पनि भयो । र, उत्कृष्ट आवाज अर्थात् प्रतिस्पर्धी पनि पायो ।

आइडलमा आउनुअघि पनि रविले थुप्रै स्टेज तताइसकेका थिए । तर, कमैले मात्र चिनेका थिए । जब आइडलको ‘स्टेज’ पाए अनि वास्तविक रविको परिचय देखाए । अझ भनौं आफूभित्रको प्रतिभा संसारलाई चिनाए ।

अब आशा छ उनलै आइडलको उपाधि जितेर आफ्नो र सुदूरपश्चिमको छाती फराकिलो बनाउने छन् । त्यसकारण सबैले रविलाई भोट गरौं । र, उनैलाई दोस्रो नेपाल आइडल चुनौं ।

विश्वका कुनाकन्दरामा नेपाली छन् । जहाँ-जहाँ नेपाली छन्, त्यहाँबाट रविलाई पूर्ण साथ मिलिरहेको छ । एउटा निम्न आर्थिक स्तर पृष्ठभूमि भएको परिवारबाट क्षमता प्रदर्शन गर्दै यहाँसम्मको यात्रा पार गर्दा रविले निकै मिहिनेत गरेका छन् । रत, उनले सफलताको स्वाद पनि चाखिरहेका छन् ।

कयौं प्रतिस्पर्धीलाई पछाडि छोड्दै यो स्थानमा पुग्नलाई रविको मात्र होइन सिंगो सुदूरपश्चिमको छाती गर्वले फुलेको छ । अब आशा छ उनलै आइडलको उपाधि जितेर आफ्नो र सुदूरपश्चिमको छाती फराकिलो बनाउने छन् । त्यसकारण सबैले रविलाई भोट गरौं । र, उनैलाई दोस्रो नेपाल आइडल चुनौं ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!