दुर्घटनामा हात भाँच्चिएका दिपेन्द्रलाई अछाम सरोकार मञ्च जापानद्वारा आर्थिक सहयोग

काठमाडौं, मंसिर १७ । जापानमा दुवै हात भाँच्चिएर उपचार गराइरहेका एक नेपालीलाई अछाम सरोकार मञ्च जापानले आर्थिक सहयोग गरेको छ । गत अप्रिल महिनामा जापान गएका बझाङको छबिस पाथिभेरा गाउँपालिका १ बगडगाउँका दिपेन्द्र रावललाई मञ्चले २६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

त्यहाँ रहेको एक स्कुलबाट फर्किने बेला साइकल दुर्घटना हुँदा दिपेन्द्रको दुवै हात भाँच्चिएको थियो । उनी त्यहाँ स्थित उरावा निहंगो गाक्को भाषा स्कुलमा अध्ययन गर्दैछन् ।

दिपेन्द्र जापान पुगेको धेरै भएको थिएन । भर्खरै मात्र काम थालेका उनको त्यही समय हात भाँच्चिएको खबर पाएपछि अछाम सरोकार मञ्चले दिपेन्द्रसँग सहयोगका लागि सम्पर्क गरेको थियो ।

अस्पतालमा चिकित्सकले सन्चो हुन अझैं एक महिना लाग्ने भनेपछि सरोकार मञ्चले टक्कर कुँवरको सल्लाह र राजेन्द्र बुढाथापाको संयोजकत्वमा आर्थिक सहयोग अभियान थालेको थियो । जसअनुरुप जापानमा बस्ने अछामका युवाहरुबाट २६ हजार रुपैयाँ संकलन भएको थियो ।

उक्त रकम मञ्चका सचिव राजेन्द्र बुढाथापाले उपचार गराइरहेका दिपेन्द्र रावललाई हस्तान्तरण गरेको मञ्चका अध्यक्ष लोकेन्द्र कुँवर ‘लोचन’ले जानकारी दिए । सानो रकम भएपनि दिपेन्द्रलाई सहयोग गर्न पाउँदा खुसी लागेको अध्यक्ष कुँवरले बताए ।

उनले भने, ‘दिपेन्द्रको त्यस्तो अवस्था देख्दा हामीले थोरै रकम भएपनि सहयोग गनुएपर्छ भन्ने सल्लाह गर्यौ, त्यही अनरुप उनलाई आर्थिक सहयोग गरेका हौं । आर्थिक सहयोग संकलनमा साथ दिने सम्पूर्णप्रति धन्यवाद दिन चाहन्छु । साथै, आगामी दिनमा पनि समाजप्रति जिम्मेवारी, सद्भाव, सामाजिक कार्यमा सहभागिजा जारी रहने छ ।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!