यूएईमा आममाफी कार्यक्रम पुनः एक महिना थप, स्वदेश फर्किनेलाई प्रतिबन्ध नलाग्ने

युएई, मंसिर १६ । युएईमा अबैधानीक रूपमा बसोबास गर्दै आएका आप्रवासी नागरिकलाई मध्यनजर गर्दै लागू गरिएको आममाफी कार्यक्रम पुनःएक महिना थप भएको छ।

गत अक्टोबर ३० तारीखसम्ममा तीन महिनाको अवधी पुरा भएको आममाफी कार्यक्रम लाई पुन एक महिना थप गरि नोमेम्बर ३० सम्मको समय सिमा तोकिएको भए पनि युएईको रास्ट्रीय दिवसको अवसरमा डिसेम्बर २ बाट लागू हुने गरी एक महिनाको आममाफीको म्याद थपिएको हो ।

सोमबार यूएईको नागरिकता पहिचान सम्बन्धी संघीय प्राधिकरणले आममाफीको लागि एक महिनाको म्याद थपेको व्यहोरासहितको विज्ञप्ति जारी गरेको छ ।

आममाफीले युएईमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका अबैधानिक आप्रवासी कामदारलाई बैधानिक बनेर बस्न वा स्वदेश फर्किन अवसर दिएको छ। आममाफीमा आफ्ना देशका नागरिकलाई सहभागी गराउन नेपाली दूतावास सहित विभिन्न देशका दूतावास हरुले घुम्ती सेवा समेत दिदै आएका छन्।

नेपाली दूतावास युएईका अनुसार सरकारले लागू गरेको आममाफी कार्यक्रममा सहभागी भएका नेपाली मध्य अधिकाम्स बैधानिक बनेर पुनः रोजगारी जोडिन चाहेको बताएको छ। नेपाल गएपछि आउन लाखौं रुपैयाँ खर्च हुने भन्दै धेरैले बैधानिक प्रक्रियामा रुचि राखेको दूतावासको भनाई छ।

सरकारले आममाफीमा सहभागी भएर बैधानिक बन्न चाहेका कामदारलाई ६ महिनाको अस्थायी भिसा उपलब्ध गराइ काम खोजेर लाग्न सक्ने नियम समेत लागू गरेको छ भने आममाफीमा सहभागी भएर स्वदेश फर्किएका हरुलाइ समेत कुनै प्रतिबन्ध नलाग्ने र उनीहरु पुनः युएई आउन चाहेमा आउन सक्ने बताएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!