प्रशिक्षणका लागि विमल बेल्जियम जाँदै

काठमाडौं, मंसिर १८ । नेपाली राष्ट्रिय फुबटल टोलीका स्ट्राइकर विमल घर्ती बेल्जियम जाने भइका छन् । उनी विशेष प्रशिक्षण तथा ट्रायलका लागि बेल्जियम जाने भएका हुन् ।

यही महिनाको सुरुमै बेल्जियम जाने तयारीमा रहे पनि भिसा प्रक्रिया लम्बिएका कारण उनले काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ‘डेब्यु’ गरेका लिगका पाँच खेलमा दुई गोल गरेका छन् ।

यसअघि बेल्जियमको आरएससी एन्डरलेकबाट खेल्नुका साथै स्पेनको मार्बेला युनाइटेडमा ट्रायल दिइसकेका विमलले एजेन्टले विशेष प्रशिक्षणको लागि भनेर बोलाएको बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!