सामाजिक संजालमा आफ्नो मृत्युको हल्ला फैलिएपछि यस्तो गरे नाइजेरियाका राष्ट्रपतिले

अबुजा, नाइजेरिया । सामाजिक संजालमा आफ्नो मृत्युको समाचार भाइरल भएपछि नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले आफैँ त्यसको खण्डन गर्नु परेको छ । राष्ट्रपति लामो समय अस्वस्थ्य रहेपछि सामाजिक संजालमा राष्ट्रपतिको मृत्यु भैसकेको र उनको ठाउँमा एक जना उनी जस्तै देखिने सुडानी नागरिकलाई बसाइएको हल्ला चलेको थियो ।

नाइजेरियाली समाचार एजेन्सीका अनुसार गत आइतबार पोल्याण्डको क्याटोभिसमा आयोजित भएको जलवायु शिखर सम्मेलनमा भाग लिन पुगेका बुहारीले त्यहाँ रहेका नाइजेरियाली मूलका मानिसहरूलाई भेटे र भने, “यो म नै हुँ, पत्याउनुस् । म चाँडै नै आफ्नो ७६ औं जन्मदिन मनाउँदै छु र आशा छ त्यस पछि अझ सशक्त भएर काम गर्नेछु ।

सामाजिक संजाल प्रयोगकर्ताहरू राष्ट्रपति बुहारी बनेर कामकाज गरिराखेको व्यक्ति सुडान निवासी जुब्रिल भएको भनिरहेका छन् । बुहारीका प्रवक्ता गरबा सेहूले राष्ट्रपतिलाई उद्धृत गर्दै भनेका छन्, “स्वास्थ्य बिग्रिएपछि कतिपयलाई मेरो मृत्यु भैसकेको लागेको रहेछ । केही मानिस त यस्तो जिज्ञासा लिएर उपराष्ट्रपतिसम्म पनि पुगेका रहेछन् ।”

बुहारीले गत वर्ष उपचारको क्रममा पांच महिना ब्रिटेनमा बिताएका थिए । तर उनलाई के रोग लागेको थियो भन्ने कुरा सार्वजनिक गरिएको थिएन । त्यो बेला देखि नै उनको मृत्यु भैसकेको आशंका गरिन थालिएको थियो । यस्तो हल्ला आएपछि त्यहाँका सूचनामन्त्री अल्हाजी लाई मुहम्मदले कुज्नै पनि गम्भीर सरकारले यस्ता हल्लाहरूमा ध्यान नदिने प्रतिक्रिया दिएका थिए ।

बुहारी नाइजेरियाली सेनाका अवकाश मेजर जनरल हुन् ।

एजेन्सी

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!