ल्हासा, पोखरा हुँदै लुम्बिनी र काठमाडौं जोड्ने रेलको सपना सुनिश्चित भयो– प्रचण्ड

काठमाडौं, मंसिर १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपतिसँग भेटका अवसरमा राखेको रेलको सपना पुरा हुन गइरहेकोको बताएका छन् ।

मंगलबार कपिलवस्तु महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपतिसँग पहिलोपटक भेट हुँदा रेल निर्माणबारे कुरा राखेको बताएका हुन् ।

“मैले त्यतिबेला चीनदेखि नेपालको राजधानी लुम्बिनी पोखरा जोड्ने रेल निर्माणको मेरो सपना छ । यो अहिले नै अगाडि नबढेपनि यसमा सोच्नुहोला भनेको थिएँ ।’ प्रचण्डले भने, “अहिले उक्त काम अघि बढेको छ । अध्ययन शुरु भएको छ ।’ अध्यक्ष प्रचण्डले चीनको तिब्बत हुँदै पोखरा, लुम्बिनी, पर्सा र चितवन काठमाडौं जोड्ने रेल सेवा सुरु हुने बताए ।

१० अौं कपिलवस्तु महोत्सव ।। मंसिर १८ गते, चार नम्बर, जितपुर , बुध्द रंगशाला, कपिलवस्तु

Posted by क. प्रचण्ड / Comrade Prachanda on Tuesday, 4 December 2018

कमेन्ट गर्नुहोस्

error: Content is protected !!