तमु समाज कतारले भब्य रूपमा ल्होसार मनाउने

सन्तोष क्षत्री

दोहा,मंसिर १८।तमु(गुरुङ) समाज, कतारले राष्ट्रिय पर्ब ल्होसार लाई यस वर्ष “फो ल्होसार तथा स्यो कै कार्यक्रम २०१८” गर्दै धुमधामका साथ मनाउने भएको छ ।

आगामी जनवरि ४ तारिख शुक्रबारको दिन समाल पार्क, समालमा (खि) कुकुर बर्ग बिदाइ र (फो)मृग बर्ग आगमनका रूपमा बिबिध कार्यक्रम सहित मनाउन लागिएको हो ।

ल्होसार पर्व हरेक वर्ष संसार भर छरिएर रहेका तमु समुदायमा आपसी सद्भाव र एकताको सन्देश दिदै उल्लास र उमंगका साथ मनाउँदै आइरहेकोमा यस बर्षको “फो ल्होसार” तमुहरुको धर्म, संस्कार रितिरिवाज र संस्कृति झल्किने गरि मनाउन लागेको समाजका अध्यक्ष भाइकाजी गुरुङले बताए ।

तमुहरुको मौलिक पर्वलाई भव्यताका साथ सम्पन्न गराउन सम्पूर्ण कतार बासि तमु दाजुभाई तथा दिदीबहिनी हरुलाई सक्रिय सहभागिताका लागि प्रचार प्रसार समितिका सयोजक खुसीमान गुरुङले आग्रह गरे ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!