सेञ्चुरी बैङ्कद्वारा अपाङ्ग बालबालिकालाई २ लाख सहयोग

काठमाडौं, मंसिर १९ ।

सेञ्चुरी कमर्सियल बैंकले अपाङ्क समुदायका क्षेत्रमा काम गर्दै आएको ई–नेबल नेपाल नामक संस्थालाई आर्थिक सहयोग गरेको छ ।

अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको उपलक्ष्यमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ई–नेबल नेपाल नामक संस्थालाई सहयोग गरिएको बैंकले जनाएको छ ।

प्राकृतिक, भवितब्य वा विविध कारणले हात गुमाएका बालबालिकाहरुलाई चलायमान कृतिम हात निर्माण र जडान गर्न रु. २ लाखको आर्थिक सहयोग गरिएको हो ।

ई–नेबल नेपाल बिगत देखि यो सामाजिक र्कायमा सक्रिय रहेको छ । यस ब्यवस्थाबाट हात गुमाएका बालबालिकाहरु पुन आफ्नो अध्यनलाई निरन्तरता दिनुका साथै दैनिक जीवनका बिबिध कार्य गर्न मद्दत मिल्ने बैंकले विज्ञप्ती जारी गर्दै जनाएको छ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई तथा ई–नेबल नेपालका महासचिव सुरेन्द्र श्रेष्ठ बीच चेक हस्तान्तरण कार्यक्रम भएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!