सुमितले ‘गोल्डेन माइक’ त जिते, आइडलको उपाधि जित्ने सम्भावना कति ?

लोकेश धामी, मंसिर १९ । जारी ‘नेपाल आइडल सिजन–२’ को प्रमुख दाबेदारका रुपमा हेरिएका सुमित पाठकको अहिले सर्वत्र चर्चा छ । उनको उत्कष्ट आवाजकै कारण सुमितको चर्चा सर्वत्र भएको हो ।

देश तथा विदेशमा उनका हजारौं समर्थक छन् । सुमितलाई नेपाल आइडल बनाउन उनका प्रशंसक विशेष योजनाका साथ अहोरात्र खटिरहेका छन् ।

सुमितका केही समर्थकले त उनी नै दोस्रो नेपाल आइडल हुन् भन्न बेर लगाएका छैनन् । समर्थकको अनुमानलाई पनि नकार्न मिल्दैन । किनकी सुमितमा आइडल जित्न सक्ने क्षमता छ ।

उनी ‘गोल्डेन माइक’ विजेता प्रतिस्पर्धी पनि हुन् । ‘गोल्डेन माइक’ जितिसकेका सुमितले अब आइडलको उपाधि पनि जित्न सक्लान त ? निकै चासोका साथ हेरिएको प्रश्न हो ।

सबै गीतलाई न्यायपूर्वक गाउन सक्ने सुमितलाई सबैबाट राम्रो साथ छ । अबको यात्रा भोटका कारण मात्र अगाडि बढ्ने भएकाले उनले पनि भोट पाए मात्र आइडलको उपाधि जित्न सक्छन् ।

यसका लागि सुमितले आफ्ना प्रस्तुतिलाई अझै ‘दमदार’ बनाउनु पर्ने छ । काठमाडौं अडिसनबाट आइडलमा भाग लिएका उनले पहिलो राउण्डमा ‘गल्ति हजार हुन्छन्, यहाँ होस हराएको बेला…’ बोलको गीत गाएका थिए ।

अहिलेसम्म उत्कृष्ट प्रस्तुति दिदै ‘टप फाइभ’ मा पुगेका सुमितले सबै प्रकारका गीत गाइसकेका छन् । ‘अमेरिका ब्वाइज’ नेपाली चलचित्रमासमेत ‘मलाई माफा गरिदेउ आमा..’ नामक गीत गाइसकेका उनी आइडलमा आउनुअघि पनि थुप्रै स्रोता–दर्शकले चिन्ने गरेका थिए ।

सानैमा आमाको माया गुमाएका सुमितले निकै संघर्षसँग लड्दै यो स्थानसम्म यात्र गरेका छन् । कलिलै उमेरमा लाखौं स्रोता–दर्शकको मन जित्न सफल भएका उनले अब हेरौं नेपाल आइडलको उपाधि भने जित्न सक्छन् या सक्दैनन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!