समथर्कको नजरमा रविः एक अब्बल प्रतिस्पर्धी

सागर नेपाली । धेरै सफल व्यक्तिहरुको पछाडी दर्दनाक यथार्थहरु लुकेका हुन्छन् । सफलताको सिढीमा उक्लदै गरेका रवि ओडको पनि दर्दनाक र पिडादायी यथार्थहरु छन् ।

सानैमा आफ्नी ममतामयी आमाले यो संसार छोडेर जानुभयो । एउटा सानो झुप्रोको भुइमा लालाबाला यत्रतत्र लडिरहेका हुन्थे । उनीहरुको मुखमा माड लगाउन उनका बुबालाई छिमेकी देश भारतमा मजदुरी गर्नु बाहेक अर्को विकल्प थिएन ।

सुदूर पश्चिमको आफ्नै मौलिक भेषभुषा, संस्कृति परम्पराहरु छन्, देउडा, ठाडी, लोक भाका छन् । यी मनछुने गीतसंगीतको सेरोफेरामा जन्मिएका हुन् रवि ।

भौगोलिक विकटता, रहनसहन, संस्कृति र परम्पराहरुले पनि मानिसको जीवनमा ठुलै महत्व राखेको हुन्छ । अनि असर गरेको हुन्छ । विविधताले भरिएको हाम्रो देशमा यस्ता धेरै ठाउँ छन् जहाँ, लोक संस्कृति, परम्परा, मौलिकता आदिले बहुतै जरा गाडेको छ ।

सुदूर पश्चिमको आफ्नै मौलिक भेषभुषा, संस्कृति परम्पराहरु छन्, देउडा, ठाडी, लोक भाका छन् । यी मनछुने गीतसंगीतको सेरोफेरामा जन्मिएका हुन् रवि । रविले प्रायः आफ्ना मौलिक गीतमा मस्त हुन्थे । साँच्चिकै भन्नुपर्दा अहिले बज्ने कतिपय आधुनिक गीत, रक पप गीतहरु उनले खासै सुनेका थिएनन् ।

‘फेवा तालमा साइली’, ‘म मौनतामा अल्झी रहेको एउटा जीवन’, ‘देउडा गीत’, ‘बिरताको चिनो बिरको सन्तान’ जस्ता कालजयी गीतमा आफूलाई अब्बल साबित गरेका रवि ओडलाई अहिले तपाई हाम्रो साथ चाहिएको छ ।

नेपाल आइडलमा उनले प्रस्तुत गरेका कतिपय त्यस्ता गीतहरु पहिलो पटक सुनी १(२ दिनको तयारीमा उनले प्रस्तुत गरेका छन् । रत, रवि अब्बल हुन् । उनी एक प्रतिभावान कलाकार हुन् । कहिल्यै नसुनेका गीतलाई छोटो तयारीमा नै दमदार प्रस्तुत गर्नु कम चुनौति हुँदैन ।

खासै नसुनेका गीत एक्कासी प्रस्तुत गर्दा एकदुई शब्द तल माथि हुनु स्वाभाविक हो । ‘फेवा तालमा साइली’, ‘म मौनतामा अल्झी रहेको एउटा जीवन’, ‘देउडा गीत’, ‘बिरताको चिनो बिरको सन्तान’ जस्ता कालजयी गीतमा आफूलाई अब्बल साबित गरेका रवि ओडलाई अहिले तपाई हाम्रो साथ चाहिएको छ ।

एक क्षमता भएको व्यक्तिलाई शिखरमा पुर्याउँदा सायद आफूलाई नै गर्वको महसुस हुन्छ होला । त्यसैले रविको आगामी यात्रा सुरक्षित गर्न सबै लागौं ।

भोट चाहिएको छ, आउनुहोस तपाई हामी सबै मिलि यी दूरका प्रतिभावान गायकलाई धेरै भन्दा धेरै भोट गरि अर्को चरणको लागि सुरक्षित गरौ । मैले उनमा भएको यथार्थ बोलेको हुँ । यो कुरा हुनत अब सबैले थाह पाइसकेको हुनसक्छ ।

एक बहुप्रतिभा भएका व्यक्तिलाई आइडल चुन्न अब ढिलाई गर्नुहुन्न । पूर्वदेखि पश्चिमसम्म रविका कयौं समर्थक छन् । यति मात्रै होइन विदेशमा पनि उनका हजारौं प्रशंसक छन् । उनीहरु सबैले रविलाई आइडलको शिखरमा पुर्याउन आआफ्नो ठाउँबाट जुट्नुपर्छ ।

एक क्षमता भएको व्यक्तिलाई शिखरमा पुर्याउँदा सायद आफूलाई नै गर्वको महसुस हुन्छ होला । त्यसैले रविको आगामी यात्रा सुरक्षित गर्न सबै लागौं । रबिलाई भोट गर्न मोबाइलको Message Box मा गएर १० टाईप गरी ३१००९ मा पठाउनुपर्ने हुन्छ ।

भोटिङ बिहीबार राति ८ः३० बजेबाट खुल्ला हुने छ र शुक्रबार बिहान १२ बजेसम्म गर्न सकिने छ। विदेशमा बस्नेहरुले Rise and respect app डाउनलोड गरी उनको कोडमा गई भोट गर्नुपर्ने हुन्छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!