नेपालका विद्यालयमा चिनियाँ भाषा पढाउने तयारी हुँदैछः मन्त्री पोखरेल

काठमाडौं, मंसिर १९ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले नेपालको विद्यालय शिक्षामा चिनियाँ भाषा पढाउने तयारी भइरहेको बताएका छन् ।

नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले आज साँझ आयोजना गरेको ‘चीनमा पढेका विद्यार्थीको पाँचौँ जमघट’ कार्यक्रममा उनले नेपालका विद्यार्थीले चीनमा पढेर नेपाल–चीनबीचको सम्बन्धलाई झन् नजीक बनाएको बताए ।

उनले सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई अगाडि बढाएकोले उक्त नारा पूरा गर्न चीनमा पढेर स्वदेश फर्केका नेपालीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। अबका २५ वर्ष पछाडिको नेपालमा चाहिने शिक्षाअनुसारको नीति बनाउन मन्त्रालय लागिरहेको उनको भनाई थियो ।

भूकम्पले भत्काएका विद्यालयको पुनर्निर्माणमा चीन सरकारले सहयोग पुर्याएको भन्दै मन्त्री पोखरेलले चीन सरकारलाई धन्यवादसमेत दिए ।

नेपालका लागि चिनियाँ राजदूत यू होङले भेलाले नेपाल र चीनका विद्यार्थीबीच सम्बन्ध थप नजीक बनाएको बताए । उनले आगामी दिनमा पनि यस्ता भेला गर्न सुझावसमेत दिए । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!