निर्मलाको न्यायका लागि राष्ट्रपति निवास अगाडि प्रदर्शन, १२ जना प्रदर्शनकारी पक्राउ

काठमाडौं, मंसिर २० । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको लागि न्याय माग्दै राष्ट्रपति निवास महाराजगञ्ज अगाडि प्रदर्शन गरिएको छ ।

‘निर्मलाका निम्ती न्याय’ अभियानमा सहभागिहरुले राष्ट्रपति निवास अगाडि ‘म निर्मला’ लेखिएको पट्टी आँखामा बाँधेर प्रदर्शन गरेका हुन् । यसैबीच, प्रहरीले १२ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरुलाई महाराजगञ्ज प्रहरी वृत्तमा लगिएको छ ।

निर्मलाको बलात्कारपछि हत्या भएको चार महिना बितिसक्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै देशव्यापी रुपमा दबाव कार्यक्रम गरिँदै आएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!