आइडलको उपाधि भिडन्त नजिकियो, रविको होर्डिङ बोर्डले धनगढी रंगियो ! [फोटोफिचर]

काठमाडौं, मंसिर २० । ‘नेपाल आइडल सिजन २’ का प्रमुख दाबेदार रवि ओडलाई जिताउन उनको गृह प्रदेश सुदूरपश्चिम अहिले जोडतोडका साथ लागेको छ । ठाउँठाउँमा रविबारे लेखिएका पोस्टर टाँसिएका छन् ।

यो पनि-

नेपाल आइडलः रविले अाज ‘टप फोर’ मा पुग्न यस्तो गीत गाउँदै (प्रोमोसहित)

उनका समर्थक एवं प्रशसंक प्रचारप्रसारमा व्यापक खटिएका छन् । विशेष गरि रविले अडिसन दिएको धनगढीको मोहोल बेग्लै छ । त्यहाँ जहाँ हेरे पनि रवि ओड मात्रै देखिन्छन् । नगरका अधिकांश भागमा रविका पोस्ट रंगिएका छन् । तस्विरः मिलन बाब्ली 

रबिलाई भोट गर्न मोबाइलको Message Box मा गएर १० टाईप गरी ३१००९ मा पठाउनुपर्ने हुन्छ । भोटिङ बिहीबार राति ८ः३० बजेबाट खुल्ला हुने छ र शुक्रबार बिहान १२ बजेसम्म गर्न सकिने छ। विदेशमा बस्नेहरुले Rise and respect app डाउनलोड गरी उनको कोडमा गई भोट गर्नुपर्ने हुन्छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!