‘गाल्डेन माइक’ विजेता सुमित आज यस्तो गीत गाउँदै [प्रोमोसहित]

काठमाडौं, मंसिर २२ । दोस्रो नेपाल आइडलको ‘टप ४’ मा सुरक्षित पुग्न ‘गोल्डेन माइक’ विजेता सुमित पाठकले अाज ‘गल्ति मबाट भए..’ बोलको गीत गाउने भएका छन् । दमदार प्रस्तुति दिदै ‘टप फाइभ’ मा पुगेका सुमितले कयौं स्रोता–दर्शकको मन जित्न सफल भएका छन् ।

उनका यसअघिका प्रस्तुतिले सबैको मन छोएको छ । र, आज पनि सुमित उत्कृष्ट प्रस्तुति दिदै ‘टप ४’ मा पुग्न चाहन्छन् । अब हेरौ उनको यो चाहना कतिको पूरा हुन्छ ।

सुमितले ‘काठमाडौं अडिसन’ बाट नेपाल आइडलमा सहभागिता जनाएका हुन् । उनले आइडलमा आउनु अगावै चलचित्रको गीतमा पनि आवाज दिइसकेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!