‘टप फोर’ मा पुग्न अस्मिताले आज यस्तो गीत गाउँदै (प्रोमोसहित)

काठमाडौं, मंसिर २० । जारी ‘नेपाल आइडल सिजन–२’ मा आज (बिहीबार) ‘टप फोर’ प्रवेशका लागि बाँकी रहेका पाँच प्रतिस्पर्धीले प्रस्तुति दिने भएका छन् । उनीहरुले बिहीबार नेपाली पप र चलचित्रका गीत गाउने भएका हुन् ।

यसैबीच, आइडलमा बाँकी रहेकी एक मात्र महिला प्रतिस्पर्धी अस्मिता अधिकारीले ‘जीवनमा सधैं..’ बोलको गीत प्रस्तुत गर्ने छिन् । अहिलेसम्म अब्बल प्रस्तुति दिदैं ‘टप फाइभ’ मा पुगेकी अस्मिताले आज (शुक्रबार) पनि उत्कृष्ट प्रस्तुति दिने योजनामा छिन् । उनी काठमाडौं अडिसनबाट आइडलमा भाग लिएकी हुन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!