भरतपुरको हरेक वडा र विद्यालयमा खेल मैदान हुनेछन्ः मेयर दाहाल (भिडियो)

चितवन, मंसिर २० । जिल्लाको भरतपुर महानगरपलिकाकी मेयर रेनु दाहालले महानगरमा एक वडा, एक खेल मैदान अभियान सुरु भएको बताएकी छिन् ।

खेलकुदको विकासका लागि महानगरपाकिलाको अब हरेक वडा, हरेक विद्यालयमा खेल मैदान निर्माण गर्ने अभियान सुरु भएको मेयर दाहालले बताएकी हुन् ।

भरतपुर महानगरपालिका वडा नम्बर ५ कल्याणपुरमा रहेको स्मल हेभन स्कुलको आयोजनामा आठौं अन्तर विद्यालय एथलेटिक्स प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलको विकासका लागि महत्वका साथ, गम्भीरताका साथ र प्रथामिकताका साथ लागि परेको स्पष्टसमेत पारिन् ।

महानगर प्रमुख दाहालले देशकै केन्द्र भागमा रहेकाले खेल विकासका लागि हरेक वडामा खेल मैदान निर्माण गरिने घोषणा गरि योजनासमेत बनाइसकेको जानकारी दिइन् ।

शैक्षिक विकास लागि खेल समेत महत्पूर्ण छ, उनले भनिन्, ‘यहि कारण अब हरेक बालबालिकाहरुलाई खेलमा समेत महानगरले अग्रसर खेल मैदानमा जोड छ ।’

धेरै सम्भावना रहेको भरतपुरमा हरेक खालको विकासको लहर सुरु भएको बताउँदै मेयर दाहालले एकसाथ समानुपातिक रुपमा विकास हुने स्पष्ट पारिन् ।

महानगरमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलाई आवश्यकता अनुसार प्रथामिकता दिदै खल समेत महत्व दिई रंगशाला निर्माण भइरहेको बताउँदै अन्तर्राष्टि«य स्तरको क्रिकेट रंगशाला समेत केहि दिनभित्र शिलान्यास हुने जानकारी दिइन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!