पेट्रोल र डिजेलको मूल्य बढ्यो

एजेन्सी । भारतमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । जारी चुनावका कारण लगातार घट्दै आएको पेट्रोलको मूल्य सोमबार भने वृद्धि भएको हो। आयल कर्पोरेसनले जारी गरेको विज्ञप्तीमा पेट्रोलको मूल्यमा २० पैसा र डिजेलको मूल्यमा १० पैसा बढेको छ ।

सोमबार दिल्लीमा पेट्रोलको नयाँ मूल्य ७०.५३ भारु, कोलकत्तामा ७२.६२ रुपैयाँ, मुम्बईमा ७६.१५ र चेन्नाईमा ७३.१९ रुपैयाँ भएको छ ।

यस्तै, दिल्लीमा डिजेलको मूल्य ६४.४७, कोलकतामा ६६.२३, चेन्नाईमा ६८.०७ र मुम्बईमा ६७.४७ भारु पर्ने भएको छ । यसअघि घटेको घट्दै रहेको पेट्रोलियम पदार्थको मूल्य यसपटक भने बढेको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!