‘फोन नचलाउनुस्, १ लाख डलर जित्नुस्’ प्रतियोगिता, यस्तो छ भाग लिने तरिका

कठमाडौं, पुष ७ ।  यदि तपाई एक वर्षसम्म बिना स्मार्टफोन रहनुसक्नु हुन्छ भने तपाईका लागि मौका छ करोडपति बन्ने ।

यो खबर साँचो हो । भिटामीनवाटरले तपाईका लागि करोडपति बन्ने अवसर ल्याएको हो ।

भिटामिन वाटर प्रसिद्ध कोकाकोला कम्पनीकै उत्पादन हो । कम्पनीले भारतमा एउटा प्रतियोगिता शुरु गरेको छ । यो प्रतियोगिता अन्तर्गत विजेतालाई १ लाख डलर दिइने छ ।

यो प्रतियोगितामा भाग लिने प्रतिष्पर्धिहरुले एक वर्षसम्म स्मार्टफोनको प्रयोग गर्न पाउने छैनन ।

स्मार्टफोनको साटो कम्पनीले प्रतियोगीहरुलाई कतै कल गर्नका लागि सन् ९६६ मा बनेको एउटा हेण्डसेट दिनेछ ।

सिएनबिसीसँग कुरा गर्दै भिटामिनवाटर का एशोसिएट ब्राण्ड म्यानेजर नतालिया सुरजले भने, “हामीलाई लाग्छ, यो नै एउटा मौका हो एक लाख जित्ने ।”

रोचक त के छ भने यो प्रतियोगितामा भाग लिन तपाईले जागिर छोडनु पर्दैन । जागिर या काम गरिरहेकै अवस्थामा प्रतियोगितामा भाग लिन सकिने छ ।

प्रतियोगिताको नियम अनुसार, तपाईले ल्यापटप या डेस्कटप कम्प्युटर भने प्रयोग गन सक्नुहुन्छ तर यसमा कम्पनीबाट दिने फोनमात्रै प्रयोग गर्न सकिने छ ।

कसरी भाग लिने त ?

यो प्रतियोगितामा भाग लिन नाम दर्ता गर्ने अन्तिम समयसीमा ८ जनवरी २०१९ सम्म मात्र रहेको छ ।

प्रतियोगितामा भाग लिन आफ्नो विवरणसहित एकवर्षसम्म स्मार्टफोन प्रयोग नगर्दा तपाई के गर्नुहुनेछ ? भन्ने प्रश्नको समेत उत्तरसहित हैशटैग #nophoneforayear र #contest  लेखेर ट्विटर या इन्स्टाग्राममा पठाउनु पर्ने छ ।

प्राप्त आवेदन र उत्तरका आधारमा भिटामीन वाटरले कुनै एकजनालाई चयन गर्ने छ । र, २२ जनवरीका दिन प्रतियोगीलाई पुरानो हेण्डसेट कम्पनीका तर्फबाट दिइने छ ।

एक वर्षसम्म स्मार्टफोन चलाउँदिन भन्ने लागेको छ भने तपाई पनि यो प्रतियोगितामा भाग लिन सक्नुहुनेछ ।

कमेन्ट गर्नुहोस्